माैसम प्रतिकुलताले हुम्ला र जाजरकाेटकाे उद्घाटन खेल स्थगित

जुम्ला । माैसम प्रतिकुलताले जुम्लामा आज हुने हुम्ला र जाजरकाेटकाे उद्घाटन खेल स्थगित भएकाे छ । जुम्लामा आजदेखि हुने प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिताकाे उद्घाटन भएपनि माैसम प्रतिकुलताले हुम्ला र जाजरकाेटबीचकाे पहिलाे खेल स्थगित भएकाे हाे ।

प्रतियाेगिताकाे  कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले उद्घाटन गरे । उद्घाटन गरे लगत्तै हिउँ र पानी पर्न थालेपछि उद्घाटन खेल गरिएकाे  जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ -९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुँदैछ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको टिम बनाउनका लागि जुम्लामा छनोट खेल हुन लागेको हो।

०८० फाल्गुन १५-१९ गते सम्म संचालन हुने कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन छ वटा जिल्लाका टिम दर्ता भएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस