खानेपानी र खाद्य गुणस्तरमामा निगरानी बढाउन  अभिमुखिरण

जुम्ला । प्राय: गर्मीकाे समयमा दुषित पानी,सडेगलेका बासी खाने कुराकाे प्रयाेगले विभिन्न खाले राेगकाे प्रकाेप फैलिने गर्छ ।

पानीकाे शुद्दतामा ख्याल नगर्ने,खाेला नाला,कुवा ईनार,धाराकाे पानी जथाभावी प्रयाेग र विशेषगरी काममा बढी केन्द्रित भई स्वच्छ,स्वस्थ खानपानमा ध्यान नदिँदा कर्णालीका ग्रामिण भेगका नागरिक विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका छन् ।

तर जुम्लाकाे चन्दननाथ नगरपालिकाकाे स्वास्थ्य शाखाले  गर्मीकाे समयमा हुने समस्यालाई मध्यनजर गरि खानेपानी तथा खाद्य गुणस्तरमा निगरानी बढाउन सचेतना अभिबृद्दि गर्न थालेकाे छ ।

जसअन्तर्गत नगरभित्रका स्वास्थ्यकर्मीसंग संक्रमण तथा महामारीजन्य राेग,खानेपानी खाद्य गुणस्तरमा निगरानी सम्बन्धि अभिमुखीकरण गरिएकाे स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले बताए ।

गाउँघरम काममा बढी केन्द्रित हुने खानपान तथा गुणस्तर र शुद्दताता ध्यान नदिने गरेकाे देखिन्छ । उनले भने,’गर्मीकाे समयमा खानेपानी,खाद्य गुणस्तरमा ध्यान नदिँदा समस्या निम्तिने गरेकाे पाएका छाै । साेहि अनुरुप शाखाकाे चालू आवकाे विनियाेजित कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीसंग अभिमुखीकरण गरिएकाे हाे ।’

गर्मीकाे समयमा खानपानमा ध्यान दिनु पर्ने कुरामा स्वास्थ्य संस्थामा आउने सेवाग्राहिलाई सम्झाई बुझाई जनचेतना अभिबृद्दि टेवा पुग्ने आशा छ ।

चन्दननाथका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ याेगीले सिजननुसारकाे नीति याेजना बजेट व्यवस्थापनमा स्थानीयतह सक्रिय हुनु पर्ने बताए ।

गर्मीकाे समयमा झाडापखाला,हैजा,पेट दुख्ने  जस्ता समस्या बढ्ने भएकाेले जनचेतना अभिबृद्दिमा जाेड दिनु पर्ने उनकाे भनाई छ ।

चन्दननाथमा आयाेजित अभिमुखीरणमा कार्यक्रम सहभागी स्वास्थ्यकर्मीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्राध्यापक निसान्त लामाले प्रशिक्षण दिएका थिए ।

जनचेतनाकाे अभावले खानपानकै कारण स्वास्थ्यमा समस्या निम्तिने भएकाले गाउँगाउँमा अभिमुखीकरण गर्नुपर्ने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस