प्रदेश स्तरीय फुटबलः पहिलो दिन सुर्खेत र हुम्ला विजयी,भोली जुम्ला र सुर्खेत खेल्दै

जुम्ला । जुम्लामा सञ्चालित प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको पहिलो दिन बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार पहिलो खेल सुर्खेत र मुगु बीच भएको थियो । दोस्रो जाजरकोट र हुम्ला बीच भएको थियो ।


जसमा मुगु र सुर्खेतको खेलमा १ गोलका विरुद्ध चार गोल गरेर सुर्खेत विजयी भएको छ । भने जाजरकोटलाई २ गोल गर्दै हुम्ला विजयी भएको हो । नकाउट खेल भएकोले मुगु र जाजरकोट प्रतियोगिताबाट बाहिरीएका छन् । प्रतियोगिताको उद्घाटन पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य टेकराज पछाईले मंगलबार गरेका थिए । फागुन १५ गतेबाट प्रतियोगिता सुरु हुने भनिएपनि हिजो मौसम प्रतिकुलतले खेल स्थगीत भएको थियो ।


यसैबीच भोली विहिबार पनि दुई खेल हुने भएका छन् । पहिलो खेल जुम्ला र सुर्खेत बीच हुने छ । यस प्रतियोगिताका निकै प्रतिस्प्रर्धीका रुपमा हेरिएका जुम्ला र सुर्खेतबीच भोली पहिलो खेल हुने छ । भने दोस्रो खेल हुम्ला र कालिकोट बीच हुने आयोजकले जानकारी दिएको छ ।

आयोजक जिल्ला जुम्लाको खेल भोली भएकोले दर्शकको बाक्लो उपस्थिती रहने अनुमान छ । प्रतियोगिता नन्दा बक्स गण जुम्लाको खेल मैदानमा भईरहेको छ । प्रतियोगिताका कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस