जुम्ला । जुम्लामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनलमा आयोजक जिल्ला जुम्ला र छिमेकी जिल्ला हुम्ला भिड्ने भएका छन् । विहिबार भएको दुई खेलबाट विजयी भएका हुम्ला र जुम्ला फाईनलमा प्रबेश गरेका हुन् ।
विहिबार भएको जुम्ला र सुर्खेत बीचको पहिलो खेलमा पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउदैँ जुम्ला फाईनलमा प्रबेश गरेको हो । निर्धारित समयमा १÷१ गोल बराबरी भएपनि भएको पनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्ला फाईनलमा पुगेको हो ।
भने कालिकोट र हुम्लाबीच भएको दोस्रो खेलमा कालिकोटलाई १ का विरुद्ध २ गोल गर्दै हुम्लाले फाईनलको यात्रा पक्का गरेको हो । हुम्लाका जर्सी नम्बर ६ का खेलाडी सागर शर्मा र जर्सी नम्बर १४ का शिव रावलले गोल गरेका थिए ।दोस्रो हाफमा एक गोल गरेको कालिकोटले खेलको निर्धारित समय सम्म थप एक गोल फर्काउन नसक्दा हार व्यहोर्न बाध्य भयो ।
प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधीका लागि साविक कर्णालीका छिमेकी जिल्ला जुम्ला र हुम्ला शुक्रबार भिड्ने छन् । जिल्लाको पहिचान र उपाधी उचाल्नका लागि जुम्लाले निकै मेहनत गर्ने जुम्ला फुटबल टिमका टिम म्यानेजर राज बहादुर खत्रीले बताए ।



