फाईनलमा साविक कर्णालीकै टक्करः उपाधी उचाल्ने जुम्ला,हुम्लाको आ–आफ्नै दाबी

जुम्ला । जुम्लामा जारी प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाईनल खेल आज दिउँसो १ बजे चन्दननाथ रंगशालामा हुदै छ । साविक कर्णालीका जुम्ला र हुम्ला उपाधीका लागि मैदान उत्रिदै छन् । सुर्खेतसंग जितको जुम्ला र कालिकोटसंग जितेको हुम्ला फाईनलमा पुगेका छन् । उपाधीका लागि साविक कर्णालीबीच हुने टक्करले दर्शक उत्साहित छन् । जसले जितेपनि साविक कर्णालीले उपाधी पाउने भन्दै दर्शक खुसी छन् ।

तर उपाधी जित्ने सवालमा हुम्ला र जुम्लाको आ–आफ्नै दाबी छ । दर्शकको मनसंगै प्रथम प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधी जित्ने दाउँमा दुबै जिल्ला छन् । विभिन्न चुनौतीका बीच जिल्ला फुटबल संघ जुम्लाले आयोजना गरेको प्रतियोगितामा साविक कर्णालीका जुम्ला हुम्ला फाईनलमा जानु सुखद पक्ष हो । यो अबसरको लाभ दुई जिल्ला मध्य उत्कृष्ट खेल प्रर्दशनबाट जसले लिएपनि साविक कर्णालीलेनै जित्ने छ ।

दुई जिल्लाले उपाधी जित्न आफ्नो तयारीलाई मजबुद बनाएका छन् । पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउदैँ फाईनलमा गएको जुम्ला उपाधी जित्ने दाउँमा छ । जुम्लाका केहि खेलाडी घाईते छन् । तथापी घरेलु मैदानमा उपाधी उचाल्ने अठोटलाई भने जुम्लाले यथावतनै राखेको छ ।

जुम्लाका फुटबल टोलीका टिम कोच महेश बुढ्थापा भन्छन,‘सेमिफाईनल भन्दा राम्रो खेल प्रर्दशन गर्ने तयारी छ । उपाधी जसले तिजेपनि साविक कर्णालीले जित्नेमा खुसी छौ । तर हिजो हाम्रो मिड चल्न सकेन् । आज जिल्लाको पहिचानका निम्ती पनि अनुशासित र उत्कृष्ट खेल खेलेर उपाधी जुम्लालाई दिलाउँन तम्तयार छौ ।’

जुम्लाको चन्दननाथ रंगशालामा फाईलन खेल हुदैँ छ । फाईनलमा साविक कर्णालीका छिमेकी जिल्ला पुग्दा साविक कर्णाली खुसी छ । तर उपाधी जित्ने सवालमा दुबै जिल्लाका आफ्नै दाबी छन् । जुम्लाले उपाधी उचाल्ने दाउँ गरिरहँदा उता हुम्लाले भने उपाधीका निम्ती कडा प्रतिरक्षाका साथ मैदानमा उत्रिने तयारी गरेको छ ।

आयोजिक टिम जुम्लालाई हराउदैँ उपाधी जित्ने गरी मैदान उत्रिने तयारीमा हुम्ला छ । जाजरकोट र कालिकोटलाई पराजित गर्दै फाईनलमा पुगेको हुम्ला आफ्नो उत्कृष्ट खेल प्रर्दशन मार्फत खेल पनि जित्ने र दर्शकको मनपनि जित्ने मनसायमा छ ।

हुम्लाले दुई दिन लगातार खेल खेलिरहेको छ । खेलाडी थाकि पनि रहेका छन् । हुम्लाका टिम कोच विष्णु रावतले भने,‘खेलाडीहरु थाकेपनि आज फाईनलमा आफ्नो जिल्लाको निम्ती शत प्रतिशत खेल प्रर्दशन गर्ने आशा छ । दुई खेलको जितसंगै हौसला मिलेको छ । जुम्लाको कडा प्रतिरक्षामा हाम्रा खेलाडी उत्रिने छन् ।’

खेलको नियमनै एकले हार्ने र अर्कोले जित्ने र तर हुम्लाले जुम्लाको प्रतिरक्षा गर्दै जित्नैकै लागि खेल खेल्ने कोच रावतले उल्लेख गरे । आगामी मंसिर २ देखि ९ गते सम्म सुर्खेतमा हुने दशौँ राष्ट्यि खेलकुद प्रतियोगिताको लागि पुरुष फुटबलको टिमको खेलाडी छनोट गर्न जुम्लामा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस