हुम्लालाई गाेलकाे वर्षा गर्दै जुम्लाले जित्याे प्रदेश स्तरीय फुटबलकाे उपाधी

जुम्ला । प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिताकाे उपाधी जुम्लाले जितेकाे छ । जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलकाे शुक्रबार चन्दननाथ रंगशालाम भएकाे फाईनल खेलमा हुम्लालाई गाेलकाे वर्षा गर्दै जुम्लाले उपाधी जितेकाे हाे ।

खेलकाे निर्धारित समयमा हुम्लालाई ४  गाेल  गर्दै जुम्ला उपाधी उचाल्न सफल भएकाे  हाे । जसमा खेल अवधिभर जुम्लाका रुविन भण्डारीले ३ गाेल गर्दै ह्याट्रिक गरे । भने महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा १ गाेल गरेका थिए ।

जुम्लाका जर्सि नम्बर ७ का खेलाडी रुविन भण्डारीले ह्याट्रिक गर्दै जुम्लालाई प्रदेशस्तरीय फुटबलकाे उपाधि दिलाएका हुन । उनले याे प्रतियाेगिता अबधिमा ४ गाेल गरेका छन् ।  


छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर गाेल फर्काउन सकेन् ।  हार व्यवहाेर्दै हुम्ला उपविजेता बनेकाे छ । खेलकाे अन्तिम समय सम्म पनि गाेल फर्काउन नसक्दा हुम्लाले उपविजेतामै चित्त बुझाएकाे हाे । निकै कडा खेल प्रर्दशन गर्दा पनि हुम्लाले गाेल नर्फकाउन सकेन्  ।

उपाधी जितेकाे जुम्लाले प्रदेशस्तरीय फुटबलकाे कप,मेडल प्रमाण पत्र पाएकाे छ । भने विजेता जिल्ला जुम्लाबाट आगामी दशाै राष्टि्य खेलकुद प्रतियाेगितामा धेरै खेलाडी छनाेट हुने आशा गरिएकाे छ ।

ह्याट्रिक कर्ता रुविन भण्डारीले घरेलु मैदानमा उपाधी जित्दा खुसी व्यक्त गरे । राष्टि्य खेलमा पनि जुम्लाले उत्कृष्ट प्रर्दशन गर्ने उल्लेख गरे ।

प्रतियाेगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई,देवेन्द्र बहादुर शाही,प्रमुख जिल्ला अधिकारीले प्रमाणपत्र,मेडल र टफ्रि हस्तान्तरण गरेका छन ।

प्रदेशस्तरीय फुटबलमा कर्णालीका १० जिल्लामध्य ६ जिल्ला (जुम्ला सहित,मुगु,हुम्ला,कालिकाेट,सुर्खेत र जाजरकाेटकाे ) सहभागिता थियाे । जसमा जाजरकाेट र मुगु नकाउट चरणबाट बाहिरीएका थिए । भने सुुर्खेत र कालिकाेट सेमिफाईनलबाट बाहिरिएका छन् ।

आगामी दशाैँ राष्टि्य खेलकुद प्रतियाेगिताकाे लागि प्रदेशकाे टिम छनाैटका गर्न फुटलबकाे आयाेजना गरिएकाे थियाे । आगामी मंसिर २ देखि ९ गते सम्म सुर्खेतमा दशाैँ राष्टि्य खेलकुद प्रतियाेगिता हुँदै छ ।


प्रतियाेगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनाेट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए । जुम्लामा प्रदेश स्तरीय फुटबल आयाेजना गर्नु चुनाैती र अबसर दुबै थियाे ।

उनले भने,’हामीले चुनाैतीकाे सामना गर्दै अबसरकाे सदुपयाेग गरि खेल सम्पन्न गर्याै । जुम्लामा बढ्दाे फुटबल क्रेजलाई हेर्दा यस्ता आयाेजना निरन्तर जरुरी देखिन्छ ।’


जुम्लालाई कृषि पर्यटन,भाषा सांस्कृति संगै खेलकुदका माध्यमबाट समेत चिनाउन जरुरी रहेकाेमा अध्यक्ष बुढ्थापाले जाेड दिए ।

जुम्लामा पहिलाे पटक प्रदेश स्तरीय फुटबल प्रतियाेगिता सभ्य रुपमा सम्पन्न गर्न पाउँदा जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले खुसी व्यक्ति गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस