कर्णाली स्पाेर्ट क्लबद्दारा प्रदेशस्तरीय फुटबलकाे उपाधि विजेता टिमलाई बधाई तथा सम्मान

जुम्ला । कर्णाली स्पाेर्ट क्लब जुम्लाले प्रथम कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधी विजेता जुम्लाकाे टिमलाई सम्मान गरेकाे छ । जुम्लामा आयाेजित प्रदेश स्तरीय फुटबलकाे उपाधी जितेर जिल्लालाई खेलक्षेत्रबाट चिनाउन सफल भएकाे भन्दै क्बलले सम्मान गरेकाे हाे ।

शुक्रबार आयाेजित फाईनल खेलमा जुम्लाले हुम्लालाई चार गाेल गर्दै उपाधी उचालेकाे थियाे । खेलकाे निर्धारित समयकाे अन्तिम सम्म पनि हुम्लाले एक गाेल पनि फर्काउन सकेकाे थिएन् ।

खेलाडीकाे हाैसला बढाउन तथा आगामी प्रतियाेगितामा थप उत्कृष्ट खेल प्रर्दशनमा प्रेरणा मिलाेस भन्नका लागि क्लबले विजेता खेलाडीलाई सम्मान गरेकाे कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए ।

उनले भने,’कर्णाली स्पाेर्ट क्बल पनि खेल क्षेत्रकै विकास गर्ने संस्था हाे । त्यसैले जुम्लाकाे खेल क्षेत्रकाे विकास हाेस्,खेलाडीकाे हाैसला बढाेस्,खेलमा निरन्तर लाग्न प्रेरणा मिलाेस भन्ने उदेश्यले सम्मान तथा बधाई कार्यक्रम गरिएकाे हाे । खेल क्षेत्रकाे विकासमा जुम्ला जुरमुराउदैँ छ । सबै जुट्नु पर्छ ।’


धावक हरि बहादुर राेकायाले प्रदेशमा पनि उत्कृष्ट खेल प्रर्दशन गरि जिल्लाकाे पहिचान कायम राख्नेमा खुसी व्यक्त गरे । अनियमित अभ्यास तथा खेलाडीकाे प्राेत्साहनदेखि खेल पूर्वाधारमा सरकारले प्रयाप्त लगानी गर्नुपर्ने उल्लेख गरे ।
फुटबल, ऐथेलेक्टीक्स खेलले जुम्लाई चिनाउने समेत उनकाे भनाई छ ।

सम्मानित हुने उपाधी विजेता खेलाडी विशाल थापा,कार्मा तामाङ,रुवेन भण्डारी,धुर्वजंग शाही,शिखर शाही,गाेविन्द शाही,महेन्द्र शाही,जीवन खत्री,केशव शाही,भक्त बहादुर राेकाया,प्रबेश बुढ्थापा,दिलिप मल्ल,विशाल थापा,विशाेषण विजय शाही,दल राेकाया र कप्तान संगम शाही लगायतका खेलाडी सम्मानित भएका छन् ।

भने,टिम काेच महेश बुढ्थापा,टिम म्यानेजर राज बहादुर खत्री पनि सम्मानित भएका हुन् ।

यसैबीच भाेली जुम्ला बहुमुखी क्याम्पसले पनि विजेता खेलाडीलाई सम्मान तथा बधाई कार्यक्रमकाे आयाेजना गर्ने स्ववियू सचिव जयकृष्ण जैसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस