जुम्ला । कर्णाली राजमार्ग अबरुद्द भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं १ स्थित राँका र बाईराँका गाउँकाे बीचमा सुक्खा ढुंगा माटाेकाे पहिराे खस्दा कर्णाली राजमार्ग अबरुद्द भएकाे हाे ।
ठुला ढुंगा सहितकाे पहिराे खस्दा सडक पुर्ण रुपमा सडम अबरुद्द भएकाे तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । उनले भने,’सवारी राेकिएका छन् । आवतजावत ठप्प भएकाे छ । निरन्तर पहिराे पन्छाएपनि २/३ घण्टा लाग्ने देखिन्छ ।’
समय लाग्ने देखिएपछि आफू पालिका तिर फर्किसकेकाे र डाेजर आएर पन्छाउन सुरु गरिसकेकाे उनकाे भनाई छ ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले पहिराे पन्छाउन मेसिन परिचालन भईसकेकाे बताए ।
उनका अनुसार ढिलाे जानकारी प्राप्त भएपनि पहिराे पन्छाउन थालिएकाे छ । छिटै सडक खुलाउन प्रयास गरिने उनकाे भनाई छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार



