जुम्ला । ताताेपानी गाउँपालिका वडा नं .७ का आठ जना स्थानीय बाक्लाे हिउँ जमेपछि गिडिखाेलाकाे धप्के पाटनमा अलपत्र परेका छन् । जडिबुटि संकलन गर्न गएका अत रावत सहित आठ जना स्थानीय ताताेपानी-४ काे धप्के पाटनमा अलपत्र परेका हुन् ।
जडिबुटि संकलन गर्न गएकाे र बाक्लाे हिउँ जमेपछि फर्किने अबस्था नरहेकाे बुझिएकाे छ ।
ताताेपानी-७ कन वडाध्यक्ष तिलक रावत भन्छन,’केही स्थानीय हिजाे राती फर्किसकेका रहेछन् । केहि उतै छन् । बसेकाे ठाउँ सुरक्षित रहेपनि आउन खाेजेकाे खण्डमा जाेखिम हुने बुझिएकाे छ । बाक्लाे हिउँ जमेपछि आउजाउ गर्ने स्थिति छैन् ।’
ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले गिडिखाेलाकाे धप्के पाटनकाे बजेडि ओडारमा सुरक्षित रहेकाे बताए । उनले भने,’त्यहा रहेका अत रावत संग कुरा गरे । सबै सुरक्षित छन् । खाधन्न पनि छ । आज र भाेली हिउँ नपरे कुनै जाेखिम छैन । हामी नियमित सम्पर्कमै छाै ।’
यता जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले घटनाकाे पुर्ण विवरण प्राप्त हुने बित्तिकै उद्दारकाे पहल गर्ने बताए । उनले भने,’जुम्लाको गिडिखोलाको लेकमा हिँउमा करिब ७ जना जति अलपत्र पर्नु भएको अपुष्ट समाचार आएकाे छ। हामी उद्दारकाे लागि जिल्ला प्रशासन कार्यलय र गृहमन्त्रालय सङ सहकार्य गर्दै छौ। त्यहाँको बास्तबिकता के हो ? तत्काल जानकारी गराउन पनि अनुराेध गरेका छाै ।’



