जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ गिडिखाेलाकाे धाप्के पाटनकाे हिउँमा फसेका आठै जना स्थानीय सुरक्षित रहेकाे खबर प्राप्त भएकाे छ ।
पाटनकाे बजेडी ओडारमा सुरक्षित रुपमा बसेकाे र २/३ दिनलाई पुग्ने खाधन्न समेत रहेकाे कुरा फाेनमा जानकारी दिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए । उनका अनुसार पाटनमा रहेका अत रावत संगकाे कुराकानी अनुसा सबै सुरक्षित रहेकाे २/३ दिनमा फर्किने छन् ।
उद्दारमा पालिका तयार रहेपनि आफै केही दिनमा फर्किने अत रावतले बताएका छन ।
अत रावत सहितका आठै जना सुरक्षित छन् । ८ जना मध्य ६ जना महिला र २ जना पुरुष रहेका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार



