पाटनमा जडिबुटि संकलक पुन : सम्पर्कविहीन

जुम्लाको तातोपानी गाउँपालिका – ४ गिडिदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडिबुटी संकलक पुन ः सम्पर्कविहीन भएका छन् । सोही गाउँपालिका – ७ बाँरागाउँ र मुछालदेउ गाउँका पाटनमा सम्र्पकविहीन भएका हुन् ।
मुछालदेउका अत रावतसहित ७ जना जडिबुटि संकलक पाटनमा पुन ः सम्पर्कविहीन भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने तीन दिन अघि उनीहरुसँग सम्र्पक भएको थियो । ७ जना मध्येका अत रावतसँग फोन सम्र्पक हुदा बजेडी पाटनको ओडारमा सुरक्षित बसेका छौँ भनेका थिए । मौसम खुलेपछि घर फर्किने खबर थियो । तर आजभोलि उनीहरु सम्र्पकमा छैनन् ।
उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्राचार गरेका छौँ वडाध्यक्ष रोकायाले भने प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
पाटनमा सम्पर्कविहीन हुनेमा मुछालदेउ गाउँका अत रावत, संसार थापा र दिपा रावत रहेका छन् । यस्तै बाँरागाउँका हरिशोभा रावत, शसिला रावत, गोरी रावत, र जगमती रोकाया सम्पर्कविहीन भएका छन् ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार हिमपातका कारण पाटनमा सम्पर्कविहीन भएका नागरिकको उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौँ । उनले भने कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले हेलिकप्टरको खर्च व्यहोर्ने भएपछि उद्धार हुने जानकारी प्राप्त भएको छ । यस विषयमा आन्तरिक मालिला मन्त्रालयसँग कुरा भईरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस