जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटन हिउँमा फसेका जडीबुटी संकलकलाई उद्वार गर्ने हलिकप्टर उडान गरिएकाे छ ।

तातोपानी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय जुम्ला, कर्णाली प्रदेश अान्तरिक मामिला मन्त्रालय र गृह मन्त्रालयकाे पहलमा उद्वार गर्न थालिएकाे हाे ।

तातपानी गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका २ जना महिलासहित ८ जना पाटन हिउमा फसेकाे पालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार



