सुत्केरी महिलालाई पोषणयूक्त अण्डा र फलफुल


जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रसुति वाडमा रहेको सुत्केरी महिलालाई पोषणयूक्त आहार अण्डा र फलफुल वितरण गरिएको छ । चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाले ११४ औँ महिला दिवसको अवसरमा सुत्केरी महिलालाई पोषणयुक्त आहारा (अण्डा र फलफुल) वितरण गरिएको हो ।
अस्पताल प्रसुति वाडमा रहेका ८ जना महिलालाई पोषणयूक्त आहारा (अण्डा र फलफुल) वितरण गरिएको चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाकी अम्बिका मल्लले बताइन् । उनले भनिन् सुत्केरी आमालाई पोषणमा सहयोग पुग्ने उद्देश्यले अण्डा र फलफुल वितरण गरिएको हो ।


प्रतिष्ठानका स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा. राजिव शाहले यस्ता कार्यक्रमले सुत्केरी तथा गर्भवति महिलालाई सहयोग पुग्ने बताए । उनले भने कर्णालीका विशेषगरी महिला र बालबालिकामा पोषणयूक्त खाना प्राप्त नहुदा कुपोषण हुने गरेका हुन्छन् । पोषण अभावकै कारण महिलालाई प्रसुतिमा असर परेका हुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस