कालिकाेटमा करेन्ट लागेर दुई जनाकाे मृत्यु

जुम्ला । विजुलीकाे करेन्ट लागेर कालिकाेटमा दुई जनाकाे मृत्यु भएकाे छ । शनिवार विद्युतकाे पाेल सार्ने क्रममा नरहरिनाथ गाउँपालिका वडा नं-८ लालु कालढुंगा निवासी ४३ वर्षिय केशव थापा र २५ वर्षिय गंग थापाकाे मृत्यु भएकाे हाे ।

विधुतकाे पाेल सार्ने क्रममा दुबै पाेलकाे जुददा करेन्ट प्रवाह भएर घटनास्थलमै दुईकाे मृत्यु भएकाे छ । विद्युती ज्ञान नहुँदा यस्ता जाेखिम निम्तिने गरेका छन् ।

विद्युतकाे पाेल सार्ने क्रममा शनिवार विहान ८:३० बजे घटना स्थलमै मृत्यु भएकाे नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बाेहाेराले बताए । उनका अनुसार मृत्यु हुने केशव थापा मंगलाशैनी मा. बि खिरचौकाका प्रा.वि स्थायी शिक्षक हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस