कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्सरे मेसिन सञ्चालनमा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एक्सरे मेसिन सञ्चालनमा आएको छ । विग्रेको एक्सरे मेसिम मर्मतपछि सञ्चालनमा आउदा सेवाग्राहीलाई सहज भएको हो ।
०७४ सालमा खरिद गरेको मेसिन धेरै पुरानो भएपछि पटक पटक विग्रिने भएको सेवाग्राही असज भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा पुजन रोकायाले बताए । उनले भने मेसिन विग्रेपछि तुरुन्तै मर्मत गर्न सकिदैन । दक्ष जनशक्ति टाढाबाट बोलाउनु पर्ने भएकोले छिटो मर्मत गर्न नसकिएको हो । अस्पतालका कुनै पनि मेसिन विग्रेपछि तत्काल मर्मत गर्न प्रयास गरेका हुन्छौँ । तर कतिपय मर्मतका सामग्री इण्डिया विदेशबाटै मगाउनु पर्ने हुन्छ । धेरै टाढाबाट मगाउदा समय लाग्छ ।
प्रतिष्ठानसँग नयाँ मेसिन खरिद गर्ने बजेट पनि छैन । पुरानो एक्सरे मेसिन मर्मत गरी काम चलाउनु गर्नु परेको डा. रोकायाले बताए । उनले भने कतिबेला विग्रने हो, भर छैन । प्रतिष्ठानसँग नयाँ एक्सरे मेसिन खरिद गर्ने बजेट नहुदा आपूर्ति व्यवस्थापन महाशाखा स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ । विभागसँग पहल त भएको छ । तर आइपुगेको छैन ।
प्रतिष्ठानमा विजुलीको पनि समस्या रहेको छ । कम क्षमताको पावर अपडाउन भइरहने विजुली भएका कारण लाखौँका उपकरण जल्ने विग्रने भईरहेको अस्पतालका निर्देशक डा. रोकायाले बताए । उनले भने विजुली अभावका कारण जेनेरेटर चलाउनु परेको छ । जो निकै खर्चिलो छ । कहिलेकाही डिजेलको समेत अभाव हुन्छ । जसका कारण सेवाग्राहीलाई भने जस्तो सेवा प्रवाह गर्न समस्या भईरहेको छ ।
यस्तै छिटो छरितो सेवा प्रवाह गर्न इन्टरनेटले पनि समस्या बनाएको छ । जुम्लामा भएका सवै किसिमका इन्टरनेट जडान गरेका छौँ । इन्टरनेट दृतगतिमा सञ्चालन नहुदा नाम दर्ता, विल काउण्टर, फारमेसीमा सेवाग्राहीको भिड लाग्ने गरेको उनले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस