जुम्लामा पनि विस्तार भयो दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियान

जुम्ला – दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान जुम्लामा पनि (जन्मे) स्थापना गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बनाउ महाअभियान नेपाल पनि जुम्लामा स्थापना गरिएको हो ।
अभियानले जुम्लाका नागरिकको हितमा कार्य गर्ने जनाएको छ । मिटरब्याज लघुबित्त, सहकारी, बैकको पीडित नागरिकमाथि ज्यादती नियन्त्रण गर्ने उद्देश्यले जुम्लामा नागरिक बचाउ महाअभियान विस्तार भएको अध्यक्ष राजेश श्रेष्ठले बताए । उनले भने सामाजिक कुरिती विकृती, बिसङगती, अन्याय, अत्याचार, भ्रष्टाचार, कालो बजार, विकाश निर्माणमा ढिलासुस्ती कमिशन, मुल्यवृद्धिलाई नियन्त्रण गरिने छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाँअभियानले बैंक, लघुबित्त तथा सहकारीले आफ्नो ऋणिलाई गरेको अन्याय पुर्ण चरम, आर्थिक शोषण र धरपकडका कारणले आज नागरिकले आत्महत्या गर्नुपर्ने स्थिति बनेको छ ।
नेपालमा छाएको आर्थिक मन्धिका कारण नागरिकले आफ्नो रोजगारी गुमाउने, ब्यवसाय बन्द गरि पालायन हुनुपर्ने वातावरण सिर्जना भएको छ । राष्ट्रबैकले जारी गरेको नीति र नेपाल सरकारले अवलम्बन गरेको अर्थका कारण नागरिक दिनानुदनि थप पीडित हुदै गईरहेका छन् ।
बित्तिय कारोबार गर्ने विभिन्न बैक, सहकारी र लघुबित्त संस्थालाई सचेत गराउदै नागरिकको धितो निलामी गरी सुकुम्बासी बनाउने, घरमा गार्ड राख्ने, पसल सटरमा ताला लगाउने, धरपकड गर्ने, कालो सुचिमा राख्ने, घरमा रहेका भाडाकुडा बस्तुभाउ उठाएर लैजाने गरिएको छ ।
कार्यालयको आइडी कार्ड र ड्रेस लगाएर प्रत्येकको घर पसलमा गई टर्चर गर्ने जस्ता कार्य तत्कालै रोक्न हाम्रो माग रहेको सचिव तपेन्द्र शाहीले बताए । उनले भने ऋणिलाई पुर्न संरचना गरी ऋण चुक्ता गर्ने वातावरण मिलाउनको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छौँ । हाम्रो माग पत्रलाई उल्लंघन गरे बैंक, लघुबित्त र सहकारी विरुद्ध कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने छौँ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस