जुम्ला । विद्युतकाे करेन्ट लागेर जाल्पादेवि विद्युत आयाेजनाका अपरेटरकाे मृत्यु भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं.४ गिडिखाेलामा संचालित २३० किलाेवाट क्षामताकाे जाल्पादेवी विद्युत आयाेजनामा कार्यरत अपरेटर काली प्रसाद उपाध्यायकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।
ताताेपानी-४ हाँकु निवासी अन्दाजी ३६ वर्षिया उपाध्यायकाे बुधबार विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अबस्था भेटिएकाे र उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं -४ का अध्यक्ष अमर बहादुर राेकायाले जानकारी दिए ।
उनका अनुसार पर्थेनी घट्टेगाढ स्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विधुत बनाउने क्रममा करेन्ट लागेकाे हाे ।
वडाध्यक्ष राेकाया भन्छन,’करिब साढे ६:४५ बजे ट्रान्सफर्मरमा चढेका रहेछन् । किन चढे त्याे थाहा भएन् । तर झुण्डीएकाे अबस्थामा स्थानीयले देखेपछि थाहा भयाे । साहेत विद्युत बनाउनै गएकाे हुनु पर्छ । तर बचाउन सकेनाै । विद्युत आयाेजनाले कर्तव्य निष्ठ, याेग्य कर्मचारी गुमाएकाे छ ।’
स्थानीयले झुण्डिएकाे थाहा पाउने बित्तिकै अस्पताल बाईकमा अस्पताल लिदै गर्दा बाटाेमै ज्यान गएकाे हाे । विद्युत आयाेजनाकाे स्थापना कालदेखिनै कार्यरत उपाध्यायकाे मृत्युपछि ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,विद्युत आयाेजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डे,वडाध्यक्ष अमर बहादुर राेकायाले दु:ख व्यक्त गरेका छन् ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले अरुलाई उज्यालाे दिनकाे लागि आफ्नाे परिवारलाई अँध्याराेमा पारेकाे भन्दै दुख व्यक्त गरेका छन् ।
उपभाेक्ता उज्यालाे दिन वर्षाैदेखि गरेकाे याेग्दानलाई भुल्न नसकिने र त्यस्ता जिम्मेवार कर्मचारी कमै पाईने भन्दै मृत्यु प्रति समग्र ताताेपानी गाउँपालिका दुखित भएकाे छ।



