हिमा गाउँपालिकामा बाल सम्मेलन सम्पन्न

जुम्लाको हिमा गाउँपालिकामा बाल सम्मेलन सम्पन्न भएको छ । बालक्लवको संयूक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत बाल सम्मेलन सम्पन्न भएको हो ।
जुम्ला जिल्लाको हिमा गाउँपालिकामा बाल सम्मेलन सम्पन्न भएको छ । प्रगतिशिल बाल क्लवका अध्यक्ष सुस्मीता शाहीको अध्यक्षता, गाउँपालिका उपाध्याक्ष सुर्पना शाहीको प्रमुख आतित्यथा,प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाको बिशेष आतित्यथा र गाउँपालिकाका सरोकारवालाहरुको उपस्थितमा बाल सम्मेलन गरिएको हो ।
सम्मेलनले बाल विकासका १७ वटा सवाललाई पारित गरेर बाल सम्मेलन सम्पन्न भएको हो । बाल सम्मेलनमा संकलन गरिएका महत्वपुर्ण सवाललाई गाउँसभामा लिई बाल विकासका कार्यक्रम गर्न सरसकारका तर्फबाट सहयोग गर्ने उपाध्यक्ष सुर्पुना शाहीले प्रतिबद्धता जाहेर गरेकी छन् । उनले भनिन् पालिका बालबालिकाको हितमा काम गर्न प्रतिवद्ध रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रणबाहुर बुढाले भने समग्र बालबालिकाको विकासको लागि गाउँपालिकाले काम गर्दै आएको छ । यो बर्ष पनि बालबालिकाको हितमा बिशेष कार्यक्रम ल्याउन यस बाल सम्मेलनमा प्रतिबद्धता गर्दछु । स्थानीय सरसकारको तर्फबाट बाल बालबालिकाको हितमा बाल भेलाद्धारा पहिचान भएका सवाललाई कार्यान्वयन गर्न जोड दिने छौँ ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस