पाेखरामा ‘वाईपिजी एल्मुनाई सिम्पाेजियम’ सम्पन्न,नीति निर्माणमा यूवा सहभागिता बढाउन जाेड

पाेखरा । तीन प्रदेशका युवा सम्मेलित वाईपिजी एल्मुनाई सिम्पाेजिसम पाेखरामा सम्पन्न भएकाे छ । नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गर्न कर्णाली,गण्डकी र काेशी प्रदेशका यूवा सम्मेलित सार्वजानिक नीति निर्माणमा यूवा वाईपिजी कार्यक्रम सम्पन्न भएकाे हाे।

नेपाल स्थित अमेरिकी राजदुतावासकाे आर्थिक सहयाेग तथा पाेखरा रिसर्च सेन्टरकाे आयाेजनामा दुई दिने नीति निर्माण विषयक कार्यक्रम भएकाे हाे ।

कार्यक्रमकाे साेमबार गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले उद्घाटन गर्नु भएकाे थियाे । कार्यक्रम उद्घाटन गर्दै बिमा कुमारी थापाले नीति निर्माणमा यूवा सहभागीता बढाउन,नीति तथा बजेट कार्यान्वयनमा सांसदहरुलाई जिम्मेवार बनाउन र प्रदेश सभालाई चलायमान पाेखरा रिसर्च सेन्टरले गरेकाे विभिन्न कार्यक्रमले उल्लेखीय भुमिका खेलेकाे बताईन् ।


सांसदलाई जवाफदेहि बनाउन र युवालाई नीति निर्माण प्रत्यक्ष सहभागी गराउन,कर्णाली,काेशी र गण्डकीमा भईरहेका यूवा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरिन् ।

कार्यक्रममा कर्णाली काेशी र गण्डकी प्रदेशका ३६ जना यूवाकाे सहभागिता रहेकाे थियाे । सांसदहरुकाे ज्ञान सहायकका रुपमा काम गर्न यूवाहरुलाई विभिन्न चरणहरु पार गरेर १२ जनालाई अन्तिम फेलाेका रुपमा छनाेट गरिने छ ।

नीति र शासनमा युवा (वाईपीजी) फेलोशिप एक वर्ष लामो कार्यक्रम हो । पाेखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले भने,’वाईपिजीकाे उदेश्य भनेकाे यूवाकाे नीति र राजनीतिमा पहुँच बृद्दि गर्ने,प्रदेश सभा सदस्यहरुलाई कानुन निर्माणमा सघाउने हाे । नीति निर्माण प्रक्रियामा युवाकाे संलग्नता बढाउन आबश्यक ठानेका छाै । पहिला काेशी,कर्णाली र गण्डकीमा पूर्व-व्यावसायिक संसदीय समर्थन कार्यक्रम (पिपिएसपी) संचालन भईसकेकाे थियाे । तर अहिले कार्यक्रमकाे स्वरुप चेन्ज गरेर नीति र राजनीतिमा यूवा वाईपिजी कार्यक्रम पुन सुरु गरेका हाै ।’

यस कार्यक्रमका विभिन्न चरण पार गरि अन्तिम १२ मा पुग्ने यूवाहरुकाे क्षामता विकास संगै प्रदेश सरकारकाे नीति निर्माणमा सघाउ पुग्ने आशा गरिएकाे कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।


यस अघि संचालित (पिपिएसपी) कार्यक्रम कर्णाली प्रदेशमा ऋति फाउन्डेशन,काेशाीमा विकल्प अल्टरनेटिभ र पाेखरामा पाेखरा रिसर्च सेन्टर संस्थाले सफलता पुर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा तीनै प्रदेशका यूवाले वाईपिजि संग जाेडिदा भएका उपलब्धीहरु अनुभव सुनाएका थिए । कर्णालीका सन्ताेष ओली,ओजस्वी पाैडेल,काेशीका दिपक शाह,गण्डकीका स्मृती बरालले अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस