गायक हस्त कुँवरकाे ‘उठ साली उज्यालाे भैगाे’ देउडा गित सार्वजानिक

जुम्ला । जुम्लाका पुराना चर्चित देउडा गायक हस्त कुँवरकाे नयाँ देउडा गित सार्वजानिक भएकाे छ । ताताेपानी गाउँपालिका वडा नं-७ सर्मि निवासी गायक हस्त कुँवरकाे ‘उठ सालि उज्यालो भैगो’ बोलको देउडा शुक्रबार सार्वजानिक गरिएकाे हाे।

देउडा गितमा जुम्लाकै कलाकार शुवास खत्रीले अभिनय गरेका छन्। भिडियाकाे निर्देशन सुमन खत्रीले गरेका छन् गितमामा गायिक गाैरी भाट समेत स्वर दिनु भएकाे छ । गितकाे शब्द,स्वर,संगित लय सबै हस्त कुँवरलेनै गरेका हुन् ।

देउडा गितका माध्यमबाट कर्णालीकाे भाषा,सांस्कृति,परम्परा संरक्षणकाे प्रयास गरेकाे गायक हस्त कुँवरले बताएका छन् । विगतमा ‘संसार गैजाउँ जुम्ला बजार’ ‘बग करनाली भेरी खोला,फेरि भेटहाेला नहाेला’ जस्ता गित कुँवरले गाईसकेका छन ।
उक्त गितकाे भिडियाे छाँयाकन समेत जुम्लामै गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस