जुम्ला । हिमा गाउँपालिकामा र्याली तथा सडक नाटक प्रदर्शन गरेर विश्व क्षयरोग दिवस दिवस मनाइएको छ । ‘हाे ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
हिमा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्नातक तह अन्तर्गत विपिएच दोस्रो बर्ष र एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको सहजीकरणमा सो कार्यक्रम भएको प्रतिष्ठानका उप- प्राध्यापक भरत काफ्लेले जानकारी दिए ।
नाटकमा, बिरामी परेको बेला जचाउन नजाने घरमै आफै निको भइहाल्छ भन्ने मानसिकता बोकेर पछि स्वास्थ्यमा समस्या आउने जस्ता कुरा देखाइएको थियो भने लक्षणहरु देखिएमा समयमै स्वास्थ्य चौकीमा गई जचाउनु पर्छ जस्ता सन्देश प्रवाह गरिएको थियो ।
करिब दुई हप्तासम्म लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, विस्तारै तौल घट्नु र ज्वरो आउनु लगायतका क्षयरोगका लक्षणहरु हुन । यदि यस्तो देखिएमा छिटै स्वास्थ्य चौकीमा जचाउन जानुपर्छ भन्ने कुराको नाटक मार्फत उल्लेख गरिएको थियो।
नाटकमा प्रतिष्ठानमा अध्यनरत बिधार्थीहरुले सचिदानन्द रौनियार – धन्ने (बुवा), पूर्णिमा पाण्डे – गौकला (आमा), राजन बुढा-मन्ने (छोरा) कुन्दन यादव –(डाक्टर) मा भूमिकामा देखिएका थिए।
हिमामा ‘हाे! हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका आधारित र्याली निकालेर र नाटक प्रदर्शन गरेर मनाएको भने जिल्लाका स्वास्थ्य केन्द्रहरुले पनि र्याली तथा विभिन्न कार्यक्रम गरेर मनाएका थिए ।
कार्यक्रममा हिमाका प्राथमिक स्वास्थ्य सेवा केन्द्र कालिकाखेतुका इन्चार्ज- जय कृष्ण बडुवाल, कर्णाली स्वास्थ्य प्रतिष्ठानका सह- प्राध्यापक-निशान्त लामा, उप-प्राध्यापक भरत काफ्ले, न्यामट नेपालका केन्द्रीय सदस्य दिलीप प्रसाद हरिजन, धर्मराज बराल लगायत स्वयंसेविका र बाक्लो जनसहभागिताको उपस्थितिमा सडक नाटक मार्फत सचेतना कार्यक्रम सम्पन्न भएको थियो।



