जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आफ्नै दोस्रो एम्बुलेन्स सेवा संचालन गरेको छ । भौगोलिक रुपमा सदरमुकामदेखि टाँढा रहेको पातारासी गाउँपालिकाले स्थानीय नागरिकको माग र कठिनाईलाई मध्यनजर गर्दै सोमबारदेखि आफ्नै एम्बुलेन्स सेवा संचालन गरेको हो ।
पहिलाको एम्बुलेन्सले पालिकाभरीका नागरिकलाई सेवा दिन नसकेको,पटक पटक विग्रीएर नागरिकले सास्ती पाउन थालेपछि वडाको बजेट,अध्यक्ष उपाध्यक्ष कोषको बजेट र पालिकाको थप गरेर २७ लाख मा खरिद गरी नयाँ एम्बुलेन्स संचालनमा ल्याइएको पातारासी ५का वडाध्यक्ष दत्त बहादुर बुढाले बताए ।
उनका अनुसार एम्बुलेन्स खरिदका लागि अल्यायबाट प्राप्त ९ लाख ५० हजार,वडाको भागमा परेको सात लाख,अध्यक्षकोषबाट दुई लाख ५० हजार,उपाध्यक्ष कोषबाट चार लाख र नपुग बजेट पालिकाबाट थपेर करछुट सहित २७ लाखमा एम्बुलेन्स खरिद गरिएको हो ।
भारतीय राजदुतावासले दिएको पहिलाको एम्बुलेन्स पटक पटक विग्रिने गरेको छ । यदपी अहिले संचालनमा छ ।
गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा लगायतको उपस्थितीमा एम्बुलेन्सको विधिवत सेवा सोमकारबाट सुचारु भएको हो । अब पातारासीका विरामीले भनेकै बेला सेवा पाउने छन् ।
अध्यक्ष बोहारा भन्छन,‘भौगोलिक रुपमा विकट पातारासीका नागरिकले अब सहजै सेवा पाउने छन् । एउटै एम्बुलेन्सले सबैतिर धान्न सकेन् । अब दुई एम्बुलेन्स संचालनपछि सुत्केरी लगायतका जटिल विरामीलाई तत्काल सदरमुकाम पुराउन समेत सहज हुने छ । स्थानीय सरकारले जनताको चाहनानुसार यस्तै आधारभुत विकास गर्न आबश्यक छ ।’
डिल्लीचौर स्वास्थ्य चौकीको मातहतमा रहेर एम्बुलेन्स संचालन हुने छ । अब उप्रान्त सारो गाह्रो पर्दा प्रतिष्ठानका एम्बुलेन्स गुर्हानु पर्ने,लामो समय पर्खिनु पर्ने,महंगो भाडा तिर्नु पर्ने बाध्यताबाट पातारासीका नागरिकले छुटकरा पाउने वडाध्यक्ष बुढाको भनाई छ । जुम्लाका आठै स्थानीय तहका आफ्नै एम्बुलेन्स सेवा संचालन भएका छन् । यदपी वडाको लगानीमा एम्बुलेन्स सेवा संचालन गर्नेमा पातारासी गाउँपालिका वडा नंं. ५ जिल्लाकै पहिलो बनेको छ ।



