जुम्ला । जुम्लाको प्रसिद्ध पर्यटकिय गन्तव्य तातोपानी धारा बन्द गरिने भएको छ । तातोपानी गाउँपालिका वडा नं. २ जर्मी गाउँ स्थित तातोपानीधारा बन्द गरिने भएको हो ।
तातोपानी धाराको मर्मत गर्नु पर्ने भएकोले मर्मत कार्य सम्पन्न नहुन्जेल दुई ठुला धारामा नुहाउन मंगलबारदेखि बन्द गरिएको तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले बताए । तातोपानीका माथिल्ला दुई ठुला धारा मात्रै बन्द हुने भएका छन् । उक्त धाराको पानी पाईप मात्र तल निकालेर नुवाउन प्रयोग गरिने छ । माथिका ठुला धारा बन्द हुने भएपनि सम्पुर्ण धारा भने बन्द नहुने तातोपानी पर्यटन विकास केन्द्रले जनाएको छ ।
तातोपानी धारामा नुहाउन र अवलोकन गर्न दैनिक सयौ आन्तरिक तथा पर्यटन आउने गरेका छन् । उनले भने,‘धाराको क्षेत्रमा टावल विछ्याउने,भत्केका केहि संचरना निर्माण गर्ने काम भईरहेको छ । मान्छेको आवतजावतले काम प्रभावित हुने र ढिलाइ हुने भएकोले धारा बन्द गरेर मर्मत गर्न थालिएको छ । यदपी,बाहिरी जिल्लाबाट आउने पर्यटककलाई अर्को व्यवस्थापन गर्र्ने तयारी छ ।’
तातोपानी गाउँपालिकाको २ नम्बर वडाले मंगलबार सूचना जारी गर्दै अर्को सूचना तथा निर्माण कार्य सम्पन्न नहुन्जेल धारा बन्द गरिएको जानकारी दिएको छ ।



