जुम्ला – चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले यस नगरपालिकाको फोहोर व्यवस्थापन र सरसफाईमा एसएनभी नेपालको अतुलनिय सहयोग रहेको बताएका छन् । उनले भने नगरपालिकामा सार्वजनिक शौचालयदेखि फोहोर तथा दिसाजन्य बस्तु व्यवस्थापन गर्नका लागि आवश्यक सवारी साधन ट्याक्टर सहयोग भएको छ ।
यस्तै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सचेतीकरणका कार्यक्रमदेखि खानेपानी निर्माण र शौचालय एसएनभी नेपालको सहयोगमा निर्माण भएका छन् । जसका कारण विद्यार्थी देखि स्वास्थ्य संस्थामा आउने विरामीलाई सहज भएको उनले बताए । उनले भने अझै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको छ ।
दिगो विकास लक्ष्य खानेपानी तथा सरसफाई तथा स्वच्छता मुल नारासहित शहरव्यापी, दिगो, समावेशी, सरसफाई र स्वच्छता क्षेत्रका सरोकारवालाहरुलाई सम्मान समारोहमा नगरप्रमुख कठायतले यस्तो बताएका हुन् ।

सम्मान समारोह कार्यक्रममा नगर उपप्रमुख रामदेवि खड्काले एसएनभी नेपालले धेरै लामो समयदेखि यस चन्दननाथ नगरपालिकामा काम गरेको छ । उनले भनिन् जसका कारण नगरबासीलाई धेरै सहज भएको छ । अव यस नगरपालिकामा एनएनभी नेपालको सरसफाई तथा स्वच्छता कार्यक्रम समाप्त हुदैछ । एसएनभी नेपालले गर्दै आएका काम अब हाम्रो जिम्मेवारीमा आएको छ । अब हामी सवै जिम्मेवार तत् निकाय, शाखाले काम गर्नु पर्दछ । फोहोर व्यवस्थापन तथा स्वास्थ्य सरसफाई क्षेत्रमा धेरै सिकाई भएको छ ।
एसएनभी नेपालकी सेक्टर लिडर नाजिरा खवाजा ले मानिसका लागि स्वास्थ्य सरसफाई निकै महत्वपूर्ण रहेको बताइन् । उनले भनिन् एसएनभी नेपालले साँझेदार संस्थादेखि स्थानीय तहसँग समन्वय गरेको लामो समयदेखि जुम्लामा काम गर्दै आयो । अब यो कार्यक्रम यही बिट मारेका छौँ । सधै नगर स्वच्छ र सुन्दर हुने अपेक्षा पनि गरिएको छ ।
सम्मान समारोहमा यस कार्यक्रमसँग सरोकार राख्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, शिक्षा, स्वास्थ्य, महिला बालबालिका शाखा प्रमुखदेखि शिक्षक, स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । यस्तै साँझेदारी संस्था, टोल सरसफाई समितिलाई समेत सम्मान गरेको छ । भने चन्ददननाथ नगरपालिकाले पनि एसएनभी नेपालका प्रमुख तथा प्रधिनिधिहरुलाई सम्मान गरेको छ ।



