जुम्ला । कर्णाली प्रदेशकाे मुगु जिल्लामा जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाकाे मृत्यु भएकाे छ । मुगुकाे सदरमुकाम गमगडीबाट तारापानी तर्फ जाँदै गरेकाे क.प्र.०२-००१ ज ००५९ नम्बरकाे जीप बुधबार दिउँसाे २ बजेतिर साेरु गाउँपालिका वडा नं.८ कचिया भन्ने स्थानमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे हाे । भने चार जना घाईते भएका छन् ।
मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७ निवारी अन्दाजी २२ वर्षिय कविराज नेपाली र साेरु गाउँपालिका वडा नं.२ जाेरपानी निवासी २६ वर्षिय कुसुम नेपाली रहेकाे मुगुका डिएसपी बीरेन्द्र थापाले बताए ।
उनका अनुसार घाईतेकाे उपचारका लागि चारै जनालाई जिल्ला अस्पताल मुगु पुराईएकाे छ । घाईते हुनेमा साेरु गाउँपालिका-६ पुरुमुरु बस्ने ३५ वर्षिय मन्जन नेपाली,साेहि निवासी २८ वर्षका सर्जन नेपाली,२१ वर्षिय हिरासिंह नेपाली र साेरु गाउँपालिका-२ जाेरपानी बस्ने ३२ वर्षिय गाेरख बहादुर नेपाली रहेका छन् ।
टाउकाे र शरिरमा चाेट भएका मन्जन नेपालीकाे अबस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । जीप सडकबाट एकसय मिटर तल खसेकाे र दुर्घटनाकाे कारण बारे अनुसन्धान भईरहेकाे डिएसपी थापाकाे भनाई ।




