जुम्ला – कालिकोटको तिलागुफा नगरपालिकामा मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण (उत्थान) परियोजना सञ्चालन भएको छ । कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण (उत्थान) परियोजना सञ्चालन भएको हो ।

बुधबार नगरपालिकाको कार्यालय गाल्ज्यामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, विषयगत शाखा प्रमुख, विपद् व्यवस्थापन समिति सदस्य, पेस नेपालका उपाध्यक्ष, परियोजना प्रमुख र अनुगमन तथा मूल्याङ्कन दस्तावेजिकरण अधिकृतको उपस्थितिमा परियोजना परिचयात्मक कार्यक्रम भएको हो ।

परियोजनाको परिचयात्मक कार्यक्रममा बार्षिक गतिविधि, क्रियाकलापको विषयमा प्रस्तुतिका साथै परियोजनाको कार्य सञ्चालन प्रक्रिया बारेमा अभिमुखिकरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, नगरपालिका र परियोजना बीच मिल्दोजुल्दो गतिविधिमा साँझेदारी गर्ने सहमति गरिएको छ



