चन्दननाथका सरसफाईकर्मीलाई पेशागत स्वास्थ्य सुरक्षा शिक्षा

जुम्ला – चन्दननाथ नगरपालिका भित्रका फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षाका विषयमा शिक्षा प्रदान गरिएको छ । चन्दननाथ नगरपालिका र एसएनभी नेपालको समन्वयमा एक दिने पेशागत स्वास्थ्य र सुरक्षा शिक्षा प्रदान गरिएको हो ।
सरसफाईकर्मी, स्यूपर, गाडी चालक, सार्वजनिक शौचालयका चौकीदारलाई पेशागत सुरक्षा शिक्षा प्रदान गरेको हो । तालिमको सहजीकरण एसएनभी नेपालका वास सल्लाहकार अभयकान्त रेग्मी र कृष्ण जिसी गरेका हुन् ।


सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षाका लागि सुरक्षा सामग्री लगाने, रोकथाम नियन्त्रण र स्वच्छता उपायहरु अपनाउनु पर्दछ । सरसफाईकर्मीले सवै प्रकारका सुसुचित जोखिमहरु जस्तै जैविक, रसायनिक र भौतिक जोखिम न्यूनिकरणको लागि कार्यस्थलमा अधिकतम् सावधानीका उपाहरु अनिवार्य पालना गर्नुपर्दछ । सर्वको लागि पेशागत स्वास्थ्य र सुरक्षामा सुनिश्चिता हुनु पर्ने चन्दननाथ नगरपालिका वास फोकल प्रसन लक्ष्मीचन्द्र न्यौपानेले बताए ।
फोहोर व्यवस्थापनका सेवा श्रृंखलाका चरणहरु हुन्छन् । एसएनभी जुम्लाका प्रमुख नन्दलाल धरालाका अनुसार दिसाजन्य लेदो संकलन ट्यांकी, ढुवानी, प्रशाधन, विसर्जन, सुरक्षित प्रयोग, उपचार र सुरक्षित प्रयोगको व्यवस्थापन हुनुपर्दछ । चन्दननाथ नगरपालिकासँग समन्वयात्मक कार्य गर्दै एसएनभीले फोहोर मैला व्यवस्थापन र स्वच्छतामा सहजीकरण गरेको छ ।
सरसफाईकर्मीले पेशागत तथा व्यक्तिगत सुरक्षाका लागि हेलमेट, चश्मा, मास्क, बुट, पन्जा, एप्रोन, रेस्पिरेटर, होज मास्क, एअरप्लवग र एयअप्याड जस्ता सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्नुपर्दछ । यस्तै सरसफाईकर्मीलाई प्रयोगात्मक रुपमा पनि शिक्षा प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस