हावाहुरीले कालिका आधारभुत विद्यालयमा क्षति,पठन पाठनमा समस्या

जुम्ला । हावाहुरीले ताताेपानी गाउँपालिका वडा नं ६ हियाखाेला स्थित कालिका आधारभुत विद्यालयमा क्षति भएकाे छ । शनिवार दिउँसाे चलेकाे हावाहुरीले उक्त विद्यालयमकाे दुई काेठे कच्ची भवनमा क्षति भएकाे हाे ।

हावा हुरीले कक्षा काेठाकाे पर्खाल चर्किएकाे र भत्किने अबस्था रहेकाे विव्यस अध्यक्ष डिल्ली कामीले बताए ।उनका अनुसार पर्खाल चर्किएपछि भत्किने जाेखिमले पठन पठन प्रभावित भएकाे छ ।

भवनकाे अभाव भएपछि एउटै भवनलाई बार लगाएर पठाउने गरेका थियाै । उनले भने,’शनिवारकाे हावाहुरीले पर्खाल चर्किएकाे छ । हावाले जस्ता पाता पनि उडाएकाे छ ।

पर्खाल भत्किने,चुहिने जाेखिमले पठन पाठन प्रभावित भएकाे छ । भवन अभावले समस्या छ ।’ कालिमा आधारभुत विद्यालयमा हाल १३१ जना विद्यार्थी छन् ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस