साविक कर्णालीको पूर्वाधार विकासमा प्रथामिकता दिएर योजना बनाउन माग

जुम्ला । कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षिय योजनामा साविक कर्णालीको पूर्वाधार विकासमा प्रथामिकतामा राखेर योजना बनाउन दिन माग गरिएको छ । दुर्गम साविक कर्णालीका जुम्ला,हुम्ला,मुगु,कालिकोट र डोल्पा गरी पाँच जिल्ला केन्द्रित पूर्वाधार विकासलाई दोस्रो पञ्चवर्षिय योजनामा प्रथामिकता दिन कर्णाली बासीले माग गरेका हुन् ।

प्रथम पञ्चवर्षिय योजनामा साविक कर्णालीलाई अन्याय गरेको भन्दै अब दोस्रो पञ्चवर्षिय योजनामा न्याय चाहिएको भन्दै प्रथामिकता दिन माग गरेका छन् । केन्द्रित शासन व्यवस्थापमा सिंहदबारबाट कर्णाली उपेक्षामा परेको र संघियतापछि पनि प्रदेशबाट साविक कर्णाली निरन्तर उपेक्षामा परेकोले कर्णाली प्रदेशको अबको पञ्चवर्षिय योजना साविक कर्णाली केन्द्रित हुनु पर्नेमा सुझाब छ ।

कर्णालीको मुगु र जुम्लामा आयोगद्धारा आयोजित दोस्रो पञ्चवर्षिय योजना तर्जुमा माथि सुझाव संकलन कार्यक्रममा शक्ति र सत्ताको दुरुपयोगले योजना आयोगको औचित्य संकटमा परेको भन्दै चित्ता व्यक्त गरेका छन् । योजना आयोगको सिफारिसमा ठुला मध्यम तथा साना योजना तय गर्नुपर्नेमा मन्त्रालयहरुले आआफ्नै तरिकाले योजना बनाउने र उपलब्धी भन्दा कार्यकर्ता पोस्ने रुपमा योजना बाड्दा राज्य लगानी बालुवामा पानी भईरहेको छ ।

मुगुका स्थानीयले योजना आयोगले साविक कर्णालीलाई केन्द्रित गरेर योजना बनाउन सुझाब दिए । जसमा जुम्ला–रारा जोड्न छोटो दुरिको सुरुङ्ग मार्ग निर्माण,अन्तरजिल्ला जोड्ने सडक आयोजना निर्माण,खाद्य बैंक स्थापना,अल्लोमा आधारित उद्योग सन्चालन,प्रदेशको आम्दानी बढाउन ढुङ्गा,माटो,वालुवा,गिट्टिको व्यवस्थित उत्खनन् लगायतका विषयमा जोड दिनु पर्ने सुझाब दिएका छन् ।

मुगुका निमित्त समन्वय अधिकारी विश्वास तिमिल्सिनाले कर्णालीको सम्भावनालाई अबसरमा बद्ल्न ठोस योजना र नीतिकै अभाव भएकोले दोस्रो पञ्चवर्षिय योजना कार्यान्वयनमुखी हुनुपर्ने बताए । उत्पादनमा आधारित उद्योग स्थापना जोड दिन उनको सुझाब छ ।

कर्णाली राजमार्गलाई सुरक्षित राजमार्ग बनाउन पर्ने,झुगेला– माझ्चौर – रारा,रारा– तारापानी–दोमुख,रारा– चंखेली दुधदह र रारा– सातताल सडक निर्माण गर्नु पर्ने,रारा आउन छोटो मार्ग बनाउन जुम्ला च्यारे–न्याउरीघाट– मुगु,मन्दु सडक निर्माणका योजना समेट्न मुगाली समुदायको माग छ ।

मुगुमा रहेका तामाखानी,फलाम खानी,नुन खानी उत्खनन्को लागि अध्यायन अनुसन्धान तर्फ ध्यान दिन समेत सुझाब पेश गरिएको छ । यता जुम्लाका स्थानीयले दोस्रो पञ्चवर्षिय योजनामा साविक कर्णालीको जल,जमिन,जडिबुटि,जंगल,कृषि पर्यटनलाई केन्द्रित गरी पूर्वाधार विकासमा लगानी नगरेर समृद्ध कर्णाली बन्नै नसक्ने बताएका छन् ।

साविक कर्णाली समृद्ध कर्णाली निर्माणको ढोका हो । नागरिक अगुवा राज बहादुर महत भन्छन,‘पूर्वाधार विकास,उत्पादन बृद्धि र रोजगारी बृद्धि यी तीन पक्षलाई प्रथामिकता दिएर योजना बनाएमा ढिलोमा ५÷६ वर्षमा कर्णालीको अबस्थामा केही सुधार आउँछ । पूर्वाधार विकासदेखी उद्यमशीलता,उत्पादनमा यूवालाई जोड्ने नीति र योजना बनाउ र कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।’
हिजो सिंहदबारले आज प्रदेशले साविक कर्णालीलाई बेवास्ता गर्ने र साविक कर्णालीको विकास नभई राज्य समृद्ध हुदैन भन्ने नारा पनि लगाउने दोहोरो चरित्रले कर्णाली सम्भावना भएर पनि गरिब बनेकोले अब कार्यान्वयनमुखी योजनामा ध्यान दिन जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आर्चायले सुझाव दिए ।

जुम्ला सहित कर्णालीमा उत्पादन हुने रैथानेबालीको उत्पादन बृद्धि र बजारीकरणलाई सहज बनाउन कोल्ड स्टोर स्थापना,ढुवानीमा सहुलित जस्ता सवालमा प्रदेश सरकारको ध्यानकेन्द्रित गराउनु पर्नेमा उनको जोड छ ।

प्रमुख आर्चायले भने,‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको,एकै वर्षमा १० हजारलाई रोजगारी जस्ता महोत्वकाँक्षी योजना ल्याउने तर कार्यान्वयन गर्न नसक्ने समस्या रहेकोले कार्यान्वयनमुखी र आबश्यकतामुखी योजना आजको आबश्कता हो । प्रथम पञ्चवर्षिय योजनामा उपेक्षा गरिएको साविक कर्णालीलाई अब न्याय चाहिन्छ ।’

जुम्लाको हकमा प्रथम पञ्चवर्षीय योजना देखि कायम भएका आयोजनाहरुले निरन्तरता पाउने छन् । जसमा जुम्ला विमानस्थल–उर्थुखाली–न्याउरीघाट–भुलभुले मुगु सडक,टोप्ला ईमिल्चा जाजरकोट सडक (सडक पुल),खोप्ती धिपा रासा मालापानी सुडी जुम्लाकोट सडक,ड्ड जिया चोथा मफन सडक,एक प्रदेश एक निर्वाचन क्षेत्र सडक लगायतका योजना आयोगको प्रथामिकतामा जनाइएको छ ।
ड्ड

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस