कर्णालीको सन्देश पत्रिकाका सल्लाहकार तथा संस्थापकलाई सम्मान

जुम्ला – कर्णालीको सन्देश साप्ताहिक पत्रिकाले एक कार्यक्रमका बीच विभिन्न व्यक्ति तथा कार्यालयलाई सम्मान गरेको छ । पत्रिकाले संस्थापक, सल्लाहकार र विशेष सम्बाददातालाई दोसल्लाह र कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेमा सस्थापक सल्लाहकार रामकष्ण बुडथापा, रमानन्द अनर्चाय र स्वर्गिय डिल्ली बहादुर महत रहेका छन् । व्यवस्थापकमा विष्णु बहादुर बुड्थापा, पुरिचन्द् देवकोटा र देविप्रसाद सिमखडा सम्मानित भएका छन् ।
विशेष सम्वाददाता नवराज शाही, भिम कसिङगर र सस्थापक प्रकाशक स्वर्गिय श्याम लाल महतलाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको कर्णालीको सन्देश पत्रिका प्रधानसम्पादक नरेन्द्रनाथ योगीले बताए ।
यस्तै खगेन्द्र मल्ल, कर्ण बहादुर रावल, नेत्र बहादुर शाही, बरम महतलाई पनि सम्मान गरिएको जनाएको छ ।
सम्मानित हुने कार्यालहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय, स्याउ सुपरजोन, सघिय शहरी विकास तथा भवन डिभिजन कार्यालय र कृषि विकास कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस