दुर्गा प्रसाईको उपस्थितिमा नागरिक बचाउ कार्यक्रम जुम्लामा

जुम्ला – राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिका लागि नागरिक बचाउ अभियानका संयोजक दुर्र्गा प्रसाईको उपस्थितिमा विहिबार जुम्लामा कार्यक्रम हुने भएको छ । जुम्लाको सदरमुकाम खलंगास्थिति राजासिममा प्रसाई उस्थितिमा नागरिक बचाउ कार्यक्रम हुने भएको हो ।
वित्तिय संघ संस्था, बैङ्कलगायत मिटरव्याजीले नागरिकलाई पीडित भएका छन् । उनीहरुको आवाज उठाउनका लागि संयोजक प्रसाईको उस्थितिमा नागरिक बचाउ अभियान कार्यक्रम जुम्ला हुन थालेको आयोजकले जनाएको छ ।
पुर्वदेखि सुरु भएको नागरिक बचाउ अभियान कार्यक्रम देशव्यापी भएको छ । यो अभियानले संघीयतादेखि अहिलेको व्यवस्थालाई भण्डाफोर गर्दै आएको सचिवालय सदस्य विष्णुजंग बस्नेतले बताए । उनले बुधबार भएको पत्रकार सम्मेलनमा भने अहिले भ्रष्टाचार निकै मौलिएको छ । सामान्य कर्मचारीदेखि नेताले भ्रष्टाचार गरेर देश कंगाल भईसक्यो । व्यक्ति धनी छन्, देश गरिव भयो । सवै युवा रोजगार नपाएर खाडी मुलकमा जानुपर्ने स्थिति बन्यो । यसैका विरुद्ध हाम्रो अभियान हो ।
ऋण लिएर नतिर्ने पत्रकारहरुको प्रश्नमा सचिवालय सदस्य बस्नेतले भने ऋण लिएर नतिर्ने भनेको होइन, नेता कर्मचारीले भ्रष्टचार गरेको पैसा जफत गरेर ऋण तिर्ने अभियानमा छौँ । व्यापार व्यवसाय हुदैन, वित्तिय संस्थाले १० प्रतिशत व्याजदरमा लिएको ऋण १८÷२० प्रतिशत बनाए । अनि नागरिकले कसरी तिर्न सक्छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस