जुम्ला पुगेका पुर्वराजा ज्ञानेन्द्र शाहले गरे मार्सी चामलको चर्चा

जुम्ला । नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन गर्न पुर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन् । नागरिक अभिनन्दन कार्यक्रको मुल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुर्वराजा शाह जुम्ला पुगेका हुन् ।

पुर्वराजा शाहले सम्बोधनको क्रममा जुम्लामा उत्पादन हुने कालीमार्सी धान, (चामल) स्याउ, ओखर र तिला, हिमा नदीले सञ्चित हुने खेतीयोग्य जमिन उर्भर भुगोलको विषयमा चर्चा गरेका छन् । उनले यिनै उत्पादनलाई बृद्धि गरी जुम्ला समृद्धि हुने बताएका छन् ।प्रकृतिले भरिपूर्ण सुन्दर जुम्ला यहाँको आफ्नै रहनसहन रहेको छ । नेपाल भाषाको उद्गम स्थल सिंजा जुम्ला नै हो । यो क्षेत्र पशुपालनका हिसावमा पनि महत्वपूर्ण रहेका पुर्वराजा शाहले बताए ।

उनले भने यहाँको जडबुटिको पनि उत्तिकै महत्व रहेको छ ।राष्ट्र र राष्ट्यिता हाम्रो महत्वको विषय हो । आज देश कता जादै छ, पत्तो छैन । देश परनिर्भतामा रहेको छ । युवाहरु विदेसिनु पर्ने अवस्था छ । अव देश बनाउनका लागि नागरिक जाग्नु पर्ने अवस्था आएको उनले बताए । आर्थिक अभावले नागरिकले सिप प्रयोग गर्न आएका छैनन् ।सवैले सवैलाई सम्झेर राष्ट्यि सोच बनाउन आवश्यकता देखिएको छ ।

अब नागरिक देशको हितका लागि जुट्नु पर्ने बेला भएको पुर्वराजा शाहले बताए । यस्तै पुर्वराजा शाहले जुम्लाको प्रसिद्ध धार्मिक धरोहर चन्दननाथ भैरवनाथ मन्दिरमा दर्जनसमेत गरेका छन् ।

साँघुरो गल्लीमा अव्यस्थित कार्यक्रम

पुर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रम जुम्लाको सदरमुकाम खलंगा बजार प्रशासन कार्यालय अगाडी साँघुरो गल्ली जस्तो बजारमा कार्यक्रम गरेकाले टाढा टाढाबाट आएका नागरिकले सास्ती खेप्नु परेको छ ।

पुर्वराजा आउने कार्यक्रममा जनमानसको कमी हुने त्रासले साँघुरो गल्लीमा कार्यक्रम गरेका हुनाले नागरिकले सास्ती खेप्नु परेको हो ।बजारको साँघुरो क्षेत्रमा राजनीतिक गतिविधिका कार्यक्रम नगर्ने गरी निशेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्णय नै गरिएको छ ।

तर राजा आउने कार्यक्रम नागरिक अभिनन्दन कार्यक्रम हो भनेर बजार क्षेत्रमा अनुमति विना नै कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बताए । उनले भने बजार क्षेत्र नगरौँ भन्दा नमानेर साँसद ज्ञानेन्द्र शाहीले नै पूर्ण व्यवस्थापन गछौँ भनेर बजार क्षेत्रमै गर्नुभयो । खुला मञ्चतिर कार्यक्रम गरौँ, आउने नागरिकलाई सहज पनि हुन्छ हामीले भनेका छौँ । तर नमानेरै कार्यक्रम गर्दा नागरिकले सास्ती नै खेप्नु परेको हो ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस