जुम्ला – कर्णाली बोडिङ स्कुलले आयोजना गरेको पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ जनता माध्यमिक विद्यालय महतगाउँका श्रीकृष्ण सुनार र छात्रातर्फ जिपी बोडिङ स्कुलकी सदिशा सुनार प्रथम भएका छन् ।
त्यस्तै चन्दननाथ माध्यामिक विद्यालयका लोकेश बुढा दोस्रो भए भने चन्दननाथ माविकै आशिष शाही तेस्रो भए । छात्रातर्फ जिपी बोडिङ स्कुलकी ऋतु रोकाया दोस्रो र कर्णाली बोडिङ स्कूलकी नारायणी न्यौपाने तेस्रो भएकी छन् ।
जयारत्न कर्णाली बोर्डिङ स्कलले चैत्र २५ गते १६ वर्ष मुनिका छात्र छात्राका लागि आयोजना गरेको पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रछात्रा बिजेता प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने प्रतियोगीलाई मेडल, प्रमाण पत्रसहित क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा जुम्लाका ८ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको स्कूलका सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए । उनका अनुसार प्रतियोगितामा जम्मा ६८ जनाको सहभागिता रहेको थियो । दौडको रुट कर्णाली बोर्डिङ स्कुलको खेलमैदानको दक्षिण गेटदेखि टेलिकम, हुलाक कार्यालय, बसपार्क, राजासिम, कालेखोली, नन्दाबक्स गणको पूर्वी गेट, मानवचोक, टुँडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिएको थियो ।



