जुम्ला । जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना विरामी परेका छन् । पाटनमा बीस खाएर मरेको भेडाको मासु खाँदा गुठिचौर गाउँपालिका–४ थामबाडाका एकै परिवारका ६ जना विरामी परेका हुन् ।
बिरामी ६ जना अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएका छन् । मासु खाएर विरामी पर्नेमा थामबाडाका विष्ण बहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरु शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन् ।
अस्पतालमा भर्ना भएका ६ जनाको उपचार भईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए । हाल विरामीको अबस्था सामान्य रहेको अबस्था जटिल हुन सक्ने भएकोले केहि भन्न नसकिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
आफन्त श्रीकृष्ण अधिकारीका उनका अनुसार सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएपछि एकपछि अर्को विरामी पर्नथालेका थिए ।



