कर्णाली राजमार्गः पाल्तडा–तल्लोडुङ्गेश्वर खण्ड स्तरन्नोति नहुँदा यात्रुलाई सास्ती

जुम्ला । बजेट अभावले कर्णाली राजमार्ग अन्तरर्गत पाल्तडा–तल्लोडुङ्गेश्वर सडक खण्ड स्तरोन्नती नहुँदा यात्रुले सास्ती पाएका छन् । संघिय सरकारले उपेक्षा गर्दै आएका कारण उक्त खण्ड संगै कर्णाली राजमार्ग स्तरन्नती नहुदा कर्णाली बासीले सास्ती पाएका हुन् । जुम्ला सुर्खेत जोड्ने २३२ किमी दुरीको राजमार्ग संचालनको करिब दुई दशक भईसक्दा पनि स्तरन्नतीमा सरकारले उपेक्षा गर्दै आएको हो ।

बजेट अभावकै कारण विस्तार तथा स्तरोन्नती नहुँदा कर्णालीकै जीवन मार्ग मानिएको राजमार्ग मृत्युमार्गका रुपमा कहलिएको छ । दैखोला–जुम्ला १०४ किमी सडक खण्ड सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्छ । जुन क्षेत्रमा बजेट अभावका बीच पनि स्तरन्नतीको काम भईरहेको छट । यदपी,निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । जुम्ला खण्डकै अप्ठयारो क्षेत्रमा स्तरन्नोति नहुँदा यात्रुले सास्ती पाईरहेका छन् ।

सडक चौडा बनाउने काम भएपनि केही जोखिम युक्त स्थानमा स्तरबृद्धि हुन सकेको छैन् । सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाइले कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डको विभिन्न खण्डमा काम भइरहेको बताए । उनले भने,‘जुम्लाको तातोपानी, कुडारी, रारालिहि क्षेत्र तथा कालिकोटको पिलि, नयाँ बजारलगायतका ठाउँमा डबल कटिङको काम हुदैँ छ ।’ यदपी बजेट अभावकै कारण जोखियुक्त स्थानमा स्तरन्नाती गर्न नसकिएको उहाँको भनाई छ ।

यता सडक डिभिजन सुर्खेतको कार्यक्षेत्र भित्र पर्ने र पाल्तडा–तल्लोडुंगेश्वर खण्डको सडक भने वर्षौदेखि खाल्डा खुल्डी,हिलाम्य र धुलाम्य भएपनि बजेट अभावले स्तरन्नति हुन सकेको छैन् । सडक डिभिजन कार्यालय सुर्खेतले दहीखोला देखि बांगेसिमल सम्म १३२ किलोमिटर सडक हेर्छ । तर पाल्तडा–तल्लोडुंगेश्वरसम्मको करिब ३० किलोमिटर वर्षौदेखि हिमाल्य र धुलाम्य हुँदा पनि सुधार नहुँदा यात्रुले सास्ती पाईरहेका छन् ।

सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर टोप नारायण पौडेलका अनुसार उक्त सडक खण्ड स्तरन्नतीका लागि बजेट नहुँदा काम गर्न सकिएको छैन् । वर्षौ पहिले गरेको कालोपत्रे उप्कीएर धुलो मात्रै छ । सरकारले कर्णाली राजमार्ग कालोपत्रेका लागि बजेट नपठाउँदा समस्या भएको उनको भनाई छ ।

खाल्डाखुल्डी समेत टाल्न बजेट नपठाउने सरकारले कर्णालीमाथि अन्याय गरेको भन्दै कर्णालीबासीले गुनासो गर्दै आएका छन् । विनियोजित बजेट अप्रयाप्त हुने,हरेक वर्ष निर्माण व्यवसायीलाई भुक्तानी दिनु पर्ने दायित्वनै बढी बाँकी रहने जस्ता समस्याले कर्णाली राजमार्गको स्तरन्नोति अपेक्षाकृत रुपमा हुन सकेको छैन् ।

जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरन्नोति नभएमा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावी दिदै आएका छन् । । आईतबारको प्रतिनिधि सभाको विभिन्न बैठकमा बोल्दै सांसद शाहीले नेपाली भाषाको उद्गम स्थल सिंजा राराताल,जुम्ला चन्दननाथ जाने एक मात्र सडक कर्णाली रामाजर्ग सुधारमा सरकारले ध्यान नदिँदा दुर्घटना बढ्नुका साथै नागरिकले समेत सास्ती पाएको भन्दै तत्काल स्तरन्नेतीका लागि बजेट व्यवस्थापन गर्न सरकारको ध्यानर्कषण गराउदै आएका छन् ।
कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा प्रयाप्त बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दान गर्छौ । उनले भने,‘सडक संचालन भएको करिब दुई दशक भयो । खाल्डा खुल्डी पुरिएका छैनन् । धुँलोले यात्रू विरामी पर्ने अबस्था छ । सरकारले कर्णालीलाई सधै सौतेनी व्यवहार गरेको छ । अब चुप लागेर बस्दैनौ । बजेट व्यवस्थापन नभए सडक र सदनमा शसक्त आन्दोलन हुन्छ ।’
असुरक्षित राजमार्गकै कारण कर्णालीबासीको बाच्न पाउने अधिकार दुर्घटनाको कारण खोसिदै गएकोले राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । जुम्लाले स्याउ, सिमि,मार्सी धान, जडिबुटी लगायत उत्पादनबाट प्रदेशको समृद्धीमा टेवा दिनसक्ने भएकोले कर्णालीको विकासमा कन्जुसाई नगर्न सरकारको ध्यानर्कषण गराएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस