विव्यस महासंघको जुम्ला अध्यक्षमा नवीन न्यौपाने चयन

जुम्ला – विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको जुम्ला जिल्ला अध्यक्षमा नवीन न्यौपाने चयन भएका छन् । उनी रत्नचुडेश्वर मावि बहोरागाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
बुधबार विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले जुम्लामा गरेको कर्णाली प्रदेश स्तरीय शैक्षिक बहस तथा उत्प्रेरण कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेलाले न्यौपानलाई सर्वसहमिबाट अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा रामकृष्ण न्यौपाने चयन भएका छन् । उनी तातोपानी गाउँपालिका स्थित हिमशिखर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । सचिवमा राजश कामी चयन भएका छन् । यस्तै सदस्यमा सूर्य थापा, बलबहादुर नेपाली, प्रेम सुनार, दयाराम बुढा, कालिबहादुर रावत र खाम्म रोकाया रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस