जुम्ला-जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय खुलेको छ । । शनिबार एक समारोबीच युवा तथा खेलकुद मन्त्री तथा रास्वपाका नेता विराजभक्त श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
चन्दननाथ नगरपालिका – ५ निर्माण व्यवसायी संघको भवन नजिक रास्वपाको पार्टी कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, ‘जुम्लाको विकास गर्नलाई पार्टी बिर्सेर लाग्नुपर्छ ।’
यस अघि रास्वपाले मक्कर भण्डारीलाई जुम्ला जिल्लाको संयोजक तोकिसकेको छ । पार्टी कार्यालयलाई उद्घाटन गर्ने क्रममा नवप्रवेशीलाई रास्वपाको कार्यालय स्वागत गरिएको थियोे ।
प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार