प्रदेश राजधानी सुर्खेतमा खुल्यो योद्धा फुटबल एकेडेमी

जुम्ला – कर्णाली प्रदेश राजधानी सुर्खेतमा योद्धा फुटबल एकेडेमी खुलेको छ । वीरेन्द्रनगर नगरपालिका – ४ स्थित योद्धा फुटबल एकेडेमी खुलेको हो ।
चन्दननाथ नगरपालिका – १० जुम्लाका पृथ्वीबहादुर शाहीका परिवारले सुर्खेतमा योद्धा फुटबल एकेडेमी स्थापना गरेका हुन् । नव वर्षको अवसरमा बैशाख १ गते एक समारोहका बीच योद्धा फुटबल एकेडेमी उद्घाटन गरी सञ्चालनमा ल्याएका छन् । योद्धा फुटबल एकेडेमीको उद्घाटन प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा फुटबल संघका अध्यक्ष प्रमोद हमालले गरेका हुन् ।
नितान्त पारिवारिक लगानीमा सञ्चालनमा ल्याएको एकेडेमीका द्धोन्द्ध शाहीले बताए । योद्धा शाही नेपाली सेनाका फुटबल प्रख्यात खेलाडी हुन् । योद्धा द्धोन्द शाहीका भाई हुन् ।
स्वस्थ नागरिक बनाउ, राष्ट्का लागि फुलबल खेल्ने खेलाडी उत्पादन गर्नुका साथै युवा पिडिलाई कुलतमा लाग्नबाट बचाई खेलप्रति आकर्षण बढाउने उद्देश्य रहेको एकेडेमीका शाहीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस