करेन्ट लागेर सिंजामा एक जनाको मृत्यु

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । सिंजा गाउँपालिका वडा नं ३ छ्यानीगाडा निवासी १२ वर्षीया नविना गिरीको करेन्ट लागेर मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

गाउँदेखि १५ मिनेटको दुरीमा पर्ने पेटा ढुंगा भन्ने स्थानमा बाख्रा चराउन गएकी बालिकाको करेन्ट लागेर मृत्यु भएको हो । साथै करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीया हरिकृष्ण गिरी घाइते भएका छन् । घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस