सुरक्षित र अपराधमुक्त जुम्ला बनाउन हातेमालो जरुरी छः डिएसपी कामती

जुम्ला । जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) छेदिलाल कामतीले सबैको सहकार्य र हातेमालोबाट जुम्लालाई सुरक्षित र अपराधमुक्त जिल्ला बनाउन सकिने बताएका छन् । समाज रुपान्तरण,विकास र समृद्धीका लागि शान्ति सुरक्षा पहिलो मेरुदण्ड भएकोले जुम्लालाई सुरक्षित र अपराध रहित जिल्ला बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

मंगलबार जुम्लाका पत्रकारहरु संग अन्तरक्रिया गर्दै डिएसपी कामतीले भन,‘जुम्लाको शान्ति सुरक्षा कायम अपराधिक क्रियाकलाप अन्त्य गर्नु पहिलो प्रथामिकता हो । प्रहरी एक्लैले चाहेर शान्तिक सुरक्षा कायम गर्न सम्भव छैन् । त्यसैले उद्योगी व्यापारी,पत्रकार नागरिक समाज,राजनीतिक दल सबैको हातेमालो जरुरी छ ।’

विराटनगरबाट सरुवा भई जुम्लाको नयाँ सुरक्षा प्रमुखको रुपमा आएका प्रहरी नायब उपरिक्षक कामतीले लागु औषध नियन्त्रण,शान्ति सुरक्षा कायम,न्यायमा सर्व साधरणको पहुँच बृद्धि,घरेलु हिंसा न्युनिकरण लगायतका पक्षमा देखिने खालको काम गर्ने प्रतिबद्धता गरे ।

दोषीलाई निषेध,निर्दाेषलाई विशेष भन्ने प्रहरीको मुलमत्रलाई व्यवहारमा लागु गर्न नयाँ अभ्यासको सुरु गर्नुका साथै नागरिक र प्रहरीबीचको सम्बन्ध समधुर बनाउन समेत लागि पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस