सिंजाको चुलेलगाउँ माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

जुम्ला – सिंजा गाउँपालिका –२ चुलेल गाउँस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । प्लान नेपाल, पेस नेपाल र विद्यालयको लागत साँझेदारमा प्रयोगशाला स्थापना गरिएको हो ।
प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत ४ लाख बराबरको ९१ प्रकारका विज्ञान प्रयोगशाला सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विद्यालयसँगको लागत साँझेदारमा प्रयोगशाला सामग्री व्यवस्थापन गरिएको हो । उनले भने यसमा विद्यालयले विज्ञान प्रयोगशाला सामग्री राख्नका लागि ९० हजार बराबरको फर्निचर टेवल, दराज र ¥याक निर्माण गरेको हो ।
विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान प्रयोगशालाको सामग्री व्यवस्थापन गरिएको हो । यही सामग्री प्रयोगमा ल्याएर शिक्षण सिकाईमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार स्थानीय सरकार र विकास साँझेदार संस्थाको समन्वय सहकार्यमा शिक्षा क्षेत्रमा काम गर्दै आएका छौँ । उनले भने विद्यालयको भवन निर्माणदेखि शौचालय, खानेपानीका धारा, विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विज्ञान प्रयोगशाला सामग्रीले विद्यार्थीको शिक्षण सिकाईमा सुधार ल्याउने छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस