काठमाडौँ , मोरङको विराटनगरमा दुई समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।
बुधबार राम नवमीको अवसरमा निकालिएको र्यालीमा सहभागी दुई समूहबीच सामान्य विवाद भएको छ। विवाद चर्कँदै गएपछि झडपको स्थिति र्सजना भएको हो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएकाे छ। अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार



