काठ्मान्डौंमा मार्सी बिर्यानीको स्वाँद चखाउदैं ‘आँगन रेष्ट्राे’

५० लाख लगानीमा रेष्ट्राे संचालन,६ जनालाई रोजगारी

जुम्ला । जुम्लाको रैथाने अन्नबालीको स्वाँद चखाउन काठमान्डौमा आगन क्याफे एण्ड रेष्ट्राे संचालन गरिएको छ । जुम्लामा उत्पादन हुने,मार्सी चामल,चिनो कागुनो,मकै,कोदो फापर,आलु लगायतको अर्गानिक बालीबाट बनेका परिकार खुवाउन काठमान्डौँमा जुम्लाकै यूवाले ‘आँगन क्याफे एण्ड रेष्ट्राे मार्सी बिर्यानी संचालनमा ल्याएका हुन् ।

जुम्ला चन्दननाथ नगरपालिका १० निवासी एलपी देवकोटाले जुम्लाको रैथानेबालीको प्रर्बद्धन तथा बजारीकरणको लक्ष्य सहित काठ्मान्डौंमा रेष्ट्राे संचालनमा ल्याएका छन्।

अर्गानिक मार्सी बिर्यार्नीको परिकारलाई विशेष प्रथामिकता जुम्लाकै आलुको परिकार,मकै,कोदोको रोटी,फापरको रोटी,कागुनोको खिर लगायतका रैथानेबालीको स्वादिष्ट परिकार खुवाउने गरी रेष्ट्राे संचालन गरिएको संचालक एलपी देवकोटाले बताए ।

जुम्लाको रैथानेबालीको बजार प्रर्बद्धन पनि हुने र उत्पादन बृद्धिमा किसान आर्कषित हुने अपेक्षा राखेको छु । उनले भने,‘सिधै जुम्लाको उत्पादन काठमान्डौंमा लिने र परिकार बनाई खुवाउने गरेका छौ । स्वाथ्यका लागि निकै लाभदायिक हुने रैथाने अन्नको परिकार मात्रै बनाउँछौ । जुम्लाकै झल्को दिने गरी अर्गानिक खाना खुवाउने हाम्रो उदेश्य हो ।’

काठ्मान्डौं १० बुद्धनगर नजिक ५० लाख लगानीमा आगँन क्याफे एण्ड रेष्ट्राे (मार्सी बिर्यानी) संचालनमा ल्याएको उनको भनाई छ । पाँच वर्षको लागि मासिक ३० हजारका दरले भाडा तिर्ने गरेर जग्गा लिजमा लिएर सबै व्यस्थापन गरी रेष्ट्राे संचालनमा ल्याइएको उल्लेख गरे ।

प्रेस यूनियनका केन्द्रिय सचिव समेत रहेका देवकोटाले बैंक तथा बित्तिय क्षेत्रमा ऋण गरेर रैथाने बालीको प्रर्बद्धनका लागि होटल संचालन गरेको उल्लेख गरे । ६ जना यूवाले रोजगार समेत पाएका छन्।

भने आबश्यक खाद्यन्न सबै सिधै जुम्लाबाट मात्रै ढुवानी गरेर लिने गरिएको छ । हाम्रो विशेष परिकार भनेकै ‘मार्सी बिर्यानी’ हो । संचालक देवकोटाले थपे,‘घोडो मच्चोको चिया,च्याँग्राको सेकुवा,यार्सागुम्बा हालेको ब्राण्डी लगायतका अर्गानिक परिकारनैलाई जोड दिई रहेका छौँ । व्यवस्थापनको काम अन्तिम चरणमा पुगेकोले उद्घाटनको तयारी हुदैँ छ ।’

काठमान्डौँ,सुर्खेत,नेपालगन्ज लगायतका शहरमा जुम्लाका यूवाले संचालन गरेका होटल व्यवसायले बजारीको अभावले थन्कीएको रैथाने बालीको बजार प्रर्बद्धनका लागि टेवा पुराएको उद्योग बाणिज्य संघ महासचिव टेकेन्द्र नगरकाेटीले बताए । उनले व्यवसायलाई निरन्तरता दिन तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस