जुम्ला – तिला गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । हरेक आर्थिक वर्ष खोप उमेर समुहका बालबालिकाले पुर्ण खोप लगाए÷नलगाएको अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेको खोप फोकल प्रसन उत्तम देवकोटाले बताए ।
उनले भने जन्मेदेखि १५ महिना उमेर समुहका ३९० जना र १६ देखि ५ वर्षका ९२७ जना बालबालिकाले पुर्ण खोप लगाएपछि पालिका खोप सुनिश्चितता घोषणा गरिएको हो ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गरिनु हुदैन । छुटेका बालबालिकालाई पनि खोजेर खोप भन्ने कार्यक्रम उद्देश्य छ । सोही बमोजिम पालिका भरिका सवै बालबालिकालाई पूर्ण खोप लगाएर गाउँपालिका घोषणा गरिएको खोप फोकल प्रसन देवकोटाले बताए ।
पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले बताए ।
जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए ।



