हिमा गाउँपालिका पूर्णखाेप सुनिश्चितता घाेषणा

जुम्ला। जुम्लाकाे हिमा गाउँपालिकालाइ पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएकाे छ । खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा आएकाे एकिन भएपछि हिमालाई शुक्रबार पूर्णखाेप सुनिश्चितता पालिका घाेषणा गरिएकाे हाे ।

‘स्थानिय स्राेतकाे उपयाेग,स्वामित्व र सहभागिता,पुर्ण खाेप सुनिश्चितता, हाम्राे प्रतिबद्धता’ नाराका साथ जिल्लाकै दाेस्राे पालिकाका रुपमा पूर्णखाेप घाेषणा गरिएकाे छ ।खाेप उमेर समूह जन्मेदेखि १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेका छन् ।

सांसद विनिता कठायत र पालिका अध्यक्ष लक्ष्मण शाहीले पूर्णखाेप सुनिश्चितता घाेषणा गरे । सांसद कठायतले राेग प्रतिराेधात्मक क्षामता बढाउन अनिवार्य खाेप लगाउनु पर्ने बताईन् ।

मुलुककाे दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेकाे उनकाे भनाई छ । विकास निर्माण सेवा प्रवाह अझ विशेष गरि स्वास्थ्य क्षेत्रमा हिमाले गरेकाे कामकाे समेत सांसद कठायतले प्रशंसा गरिन् ।

हरेक वर्ष खाेप सुनिश्चितता गर्ने कार्यक्रमनुसार सबै सूचक पुरा गरेर पूर्णखाेप सूनिश्चितता घाेषणा गरिएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

उनका अनुसार हिमाले स्वास्थ्य क्षेत्रलाई पहिलाे प्रथामिकता दिएर काम गर्दै आएकाे छ ।

हिमा सबैभन्दा बढि स्वास्थ्य शिविर चलाउने पालिकामा जिल्लामै पहिलाे पालिका पनि हाे । जसबाट हजाराै हिमाबासी लाभान्वित भएका छन् ।

घाेषणा कार्यक्रममा हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही,वडा नं ५,६ र ७ का वडा अध्यक्ष,नि. प्रमुख प्रशासकीय अधिकृत,राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि स्वास्थ्यकर्मी,महिला स्वयमसेविकाहरु काे उपस्थिति थियाे ।

साथै हिमा गाउँपालिकाकाे वडा न. ५ भुगालपाटा देखि बुअ गाउँ जाेड्ने ग्रामिण सडककाे पनि एक कार्यक्रम का साथ सिलान्यास गरिएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस