रैथानेबालीको प्रर्बद्धन गर्न जुम्लामा‘शनिवारीय कृषि बजार’ संचालन


जुम्ला । जुम्लामा आजदेखि शनिवारीय कृषि बजार संचालन गरिएको छ । जुम्लामा उत्पादन हुने रैथानेबाली उत्पादन बृद्धि,संरक्षण तथा बजारीकरण गर्न शनिवारीय कृषि बजार संचालन गरिएको हो ।

शनिवारीय कृषि बजारको जल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले संयुक्त उद्घाटन गरेका छन् । जुम्लाको रैथाने अन्नबालीको प्रर्बद्धन तथा बजारीकरणका लागि कृषि बजार संचालन प्रशंसनिय काम भएको जिसस प्रमुख आर्चायले बताए । कृषि बजार संचालनको निरन्तरतामा जोड दिन मेयर राजुसिंह कठायतले जोड दिएका छन् ।

चन्दननाथ बहुउदेश्यीय सहकारीको अगुवाई तथा चन्दननाथ नगरपालिका लगायत अन्य गैरसरकारी संस्थाको समन्वयमा जुम्ली रैथाने बाली प्रर्बद्धनका लागि शनिवारीय कृषि बजार संचालन गरिएको सहकारी व्यवस्थापक रिसिराम पाण्डेले बताए । उनका अनुसार अबदेखि हरेक शनिवार विहान ७ बजेदेखि दिउँसो १२ बजे सम्म कृषि बजार संचालन हुने छ ।

रैथानेबालीको स्टल राखेर जुम्लामा आउने पर्यटक तथा अन्य उपभोक्तालाई सुलभ मुल्यमा विक्री गरिने छ । उनले भने,‘धेरै लामो समयदेखि कृषि बजार लगाउने विषयमा सबै संग छलफल भईरहेको थियो । बल्ल सफल भयौ । यसलाई निरन्तरता दिन सबैको साथको खाँचो छ । सहकारीको अगुवाईमा हरेक शनिवार कृषि बजार बाल मन्दिर नजिक लाग्ने छ ।’

शनिवारीय कृषि बजारमा चन्दननाथ सहकारीद्धारा संचालित अर्गानिक मिनि मार्केटले लेबलिङ प्याकिङ गरेको मार्सी चालम,सिमि,कोदो,फापरको पिठो,ओखर,स्याउका चाना लगायतका सबै रैथानेबाली पाईने छ । भने किसानले पनि आफ्ना उत्पादन स्टलका रुपमा राखेर विक्री गर्न पाउने छन्

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस