जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाकाे २० औँ जिल्ला अधिबेशनले आठ बुदे ‘तिला घाेषणापत्र’ जारी गरेकाे छ ।
आठ बुदेँ तिला घाेषणापत्र जारी गर्दै पत्रकार महासंघ जुम्लाकाे २० औँ जिल्ला अधिबेशन तथा मिडिया सम्मेलन सम्पन्न भएकाे हाे ।
पत्रकारहरुकाे पेशागत सुरक्षा,क्षामता अभिबृद्दि,स्टिन्जरलाई तलबी बनाउन पहल गर्नेदेखि भाैगाेलिक रुपमा विकट तिलाकाे कृषि,पर्यटन,पूर्वाधार विकास सम्मका सवाललाई उजार गर्ने र तीनै तहका सरकारलाई दबाब दिने विषय समेट्दै आठ बुदेँ घाेषणा पत्र जारी गरिएकाे छ ।
जसमा पत्रकारको हकहित संरक्षण तथा पेशागत सुरक्षा लागि पहल गर्ने, राष्ट्रिय मिडियामा कार्यरत क्रियासिल कर्णालीका स्टेन्जरलाई तलबी बनाउन दबाब दिने,
बढ्दो मिडिया संकटलाई समाधान गर्न समानुपातिक विज्ञापन प्रणालीकाे लागू, पत्रकारहरुलाई क्षमता अभिवृद्दिमा जाेड,लोककल्याणकारी विज्ञानमा दोब्बर उपलब्ध गराउन पहल गर्ने घाेषणा पत्रमा उल्लेख छ ।
त्यस्तै तिला गाउँपालिकाका ऐतिहासिक पर्यटकिय गन्तव्य नदैगुफा, त्रिवेणीधाम, सुनढुस्की जुम्लाकोट, फुलबारी पाटन, राँसा मालापानीका पुराना बस्तिको अध्ययन अनुसन्धान,आबश्यक पूर्वाधार निर्माण,दुर्गम बस्तीलाई यातायात पहुँचमा पुराउन पक्की पुल निर्माणकाे पहल गर्ने,तिलामा उत्पादन हुने सिमि,काेदाे फापर,मकै,गहुँ, लगायतका कृषि उत्पादनकाे बजारीकरण तथा उत्पादकत्व बृद्दिमा जाेड दिने,पत्रकारकाे क्षामता विकासमा जाेड दिने,समग्र तिलाकाे आर्थिक सामाजिक तथा विषयलाई गहिराे ढंगबाट उजागर गर्ने सवाल सहित आठ बुदेँ घाेषणा पत्र जारी गरिएकाे पत्र महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।

उनले २० ओैँ साधारण सभा लाई सफल बनाउन सहयाेग,समन्वय गर्ने सबै निकायलाइ धन्यबाद दिए ।
साथै पत्रकार पुरुस्कृत कार्यविधिलाई अन्तिम रुप दिएर जुम्लाका क्रियाशील पत्रकारलाई पुरुस्कृत गर्ने तयारी भईरहेकाे उल्लेख गरे ।
अधिवेशनका अबसरमा महासंघलाई विभिन्न तवरबाट सहयाेग गर्ने तिला गाउँपालिका,सघन सहरी तथा भवन निर्माण आयाेजना,जिल्ला समन्वय समिति,भू-तथा जलाधार व्यवस्थापन कार्यालय लगायत सरकारी तथा गैरसरकारी निकाय,जेष्ठ पत्रकार कर्ण बहादुर भण्डारी,स्थापना कालदेखि कार्यरत महासंघका कर्मचारी देवि प्रसाद सिम्खडालाई सम्मान गरिएकाे छ ।

बन्दशत्रमा महासंघका सचिव मानदत्त रावलले सांगठनिक र काेषाध्यक्ष धनलाल बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदन माथि विस्तृत छलफल तथा प्रश्नउत्तरपछि पारित गरिएकाे छ । भने तिला घाेषणा पत्र पनि बन्दसत्रबाट पारित भएकाे छ । बन्दसत्रमा अध्यक्ष मण्डलकाे नेतृत्व जुम्लाका जेष्ठ पत्रकार कर्ण बहादुर भण्डारीले गरेका थिए ।
अधिबेशनकाे उद्घाटन शत्रमा सांसद विनिता कठायतले पत्रकार सबैेकाे भराेसा र विश्वासकाे केन्द्र भएकाेले आफ्नाे कर्ममा राजनीति घुसाउनु नहुने बताईन् । पत्रकार समाज रुपान्तरणका बलिया आधार र खम्बा भएकाेले सत्य निस्पक्षतामा नचुक्न समेत आग्रह गरिन् । सांसद कठायतले तिला गाउँपालिका बर्थिङ सेन्टर स्थापनका लागि पहल गर्न समेत प्रतिबद्दता गरिन् ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले विटक तिलाकाे प्रचार प्रशार तथा विकासका लागि अधिबेशन तथा तिला मिडिया सम्मेल काेशेढु्गा सावित हुने विश्वास व्यक्त गरे । तिलालाई राज्यकाे मुल प्रवाहमा ल्याउन मिडियाकाे भुमिका शसक्त हुनेमा जाेड दिए ।
तिला गाउँपालिका अध्यक्ष माेतिलाल राेकायाले जिल्लाकै विकट तिलाकाे विकास,समृद्दि र सम्भावनाकाे उजागरका लागि तिला मिडिया सम्मेलनले ईट्टा थप्ने आशा व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले राजनीतिक विचार सिदान्त आत्मसाथ गर्न सबै व्यक्ति स्वतन्त्र भएपनि पत्रकारले पेशामा राजनीति गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नाे तीन वर्षे कार्यकाल उपलब्धी मुलक भएकाे बताए । महासंघ स्थापनाकाे दुई दशककाे एतिहासमा पहिलाे पटक पुरुस्कार काेष स्थापना,काेभिडम आईसाेलेसन व्यवस्थापन,भवनकाे तल थप,सूचना केन्द्र निर्माण,पुस्तकालय निर्माण,क्षामता विकास,जिल्लामा समन्वय सहकार्य लगायतका काम फेहरिस्त अध्यक्ष शाहीले सुनाए ।
त्यसैगरी उपाध्यक्ष गाेकरीकला बुढा ६ नम्बर वडाध्यक्ष जंग राेकाया,प्रेस सेन्टरका अध्यक्ष विजय रावत,प्रेस चाैतारीका अध्यक्ष मानदत्त रावल,प्रेस यूनियनका अध्यक्ष प्रकाश उपाध्याय लगायतले २०ओँ साधारकाे शुभकामनना दिएका छन्



