कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा उपस्थित ३५ जना सांसदमध्ये कँडेलको पक्षमा २३ जनाले विश्वासको मत दिएका थिए। उनको विपक्षमा भने १२ जना संसादले मत हालेका थिए। 

कांग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जना तटस्थ बसेका थिए। प्रदेश सभाका सभामुख नन्दा गुरुङले तत्काल कायम रहेको संख्याको बहुमत सांसदले विश्वासको मत दिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्।

मुख्यमन्त्री कँडेललाई एमाले, माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।

अन्नपुर्ण

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस