![](https://karnalimission.com/wp-content/uploads/2024/05/1714917668807-1905x1000.jpg)
जुम्ला । जुम्लामा संचालित महाेत्सव चार दिन थपिएकाे छ । बैशाख १३ गतेबाट संचालित महाेत्सव २३ गते आज सम्पन्न हुने भनिएपनि २७ गतेसम्म चार दिन थपिएकाे हाे ।
आईतबार साझ आयाेजित पत्रकार सम्मेलनमा राष्टि्य लाेक तथा दाेहाेरी गित प्रतिष्ठान शाखा जुम्लाकाे आयाेजनामा संचालित प्रथम बृहत्त कृषि,पर्यटन,व्यापार तथा सांस्कृतिक महाेत्सव चार दिन थपिएकाे जानकारी दिएकाे छ ।
महाेत्सवमा अपेक्षित व्यापार नभएकाे र प्रचार गरिएका कलाकारहरु आउन बाँकी रहेकाेले महाेत्सव थप गरिएकाे राष्टि्य लाेक तथा दाेहाेरी गित प्रतिष्ठान शाखा जुम्लाका अध्यक्ष कर्ण बुढ्थापाले बताए । उनका अनुसार वैशाख २४ गते गाेपाल नेपाल जिएमकाे प्रस्तुती रहने छ । उनी जुम्ला पुगिसकेका छन् ।
साथै चर्चित कलाकार सुप्रिम मल्ल,रेखा जाेशाी लगायका कलाकार आउने पक्का भएकाे छ । भने स्थानीय कलाकारकाे थुप्रै प्रस्तुती रहने छन् ।
साथै शनिवारकाे महाेत्सवमा किर्ते टिकट विक्रि गरेकाे पाईएकाे छ । आयाेजकका अनुसार ज्याेती मगर आएकाे दिन मान्छे बढी आउने माैका छाेपी किर्ते टिकट विक्रि गरेकाे भेटिएकाे र अनुसन्धान नजिक पुगिसकेकाे उल्लेख गरेकाे छ ।