जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एसपिएसएस तालिम सञ्चालन गरिएको छ । स्कुल अफ पब्लिक हेल्थले बिश्व बिद्यालय अनुसन्धान आयोगको आर्थिक सहयोगमा प्रतिष्ठानमा “स्वास्थ्य अनुसन्धान पद्धति र सामाजिक विज्ञानका लागि तथ्याङ्कीय प्याकेज (एसपिएसएस) को परिचय“ सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको हो । अनुसन्धान कार्यशाला बैशाख २४ देखि २६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतिस्ठानका फ्याकल्टीहरु, कर्णाली टेक्निकल शिक्षालय र जुम्ला बहुमुखी क्याम्पसबाट गरी ३१ जनाको सहभागिता रहेको छ । प्रतिस्ठानका डा. उमेश अर्याल, डा. सेशानन्द सन्जेल, डा. पुजन रोकाया, प्रज्ञा श्रेष्ठ र भरत काफ्लेले तालिममा सहजीकरण गरेका छन् ।

तालिमको औपचारिक उद्घाटन गर्दै कर्णाली प्रतिस्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीले यस्ता तालिमले कर्णाली स्वास्थ्य बिज्ञानको र यहाँ कार्यरत फ्याकल्टीहरुको अनुसन्धानात्मक क्षमता अभिबृद्धि हुने, अनुसन्धान कार्यमा ठुलो भुमि खेल्ने बताए ।
प्रतिस्ठानमा कार्यरत शिक्षकलाई बैज्ञानिक अनुसन्धान दक्षताको वृद्धि बिकासमा सहयोग पुर्याउने, अनुसन्धानमा सकृयता बनाउने र सहभागीलाई अनुसन्धान सम्बन्धि आधारभुत र अत्यावश्यक मौलिक सीप सिकाउने उद्देश्य रहेको शिक्षाध्यक्ष धामीको भनाई छ ।



